
मगर संघ युकेले च्यारिटी डिनर आयोजना गर्ने
जमुना पुन: सह-सम्पादक एभेरेष्ट टाइम्स युके
बेलायत। मगर संघ युकेले च्यारिटी डिनर आयोजना गर्ने भएको छ। सो च्यारिटी सनिवार ३० सेप्टेम्बर २०२३ को दिन बेलायतको फार्नबोरोस्थिर स्यामुल कोडी स्पोर्ट कलेजमा आयोजना हुने भएको छ।
च्यारिटी डिनरबाट प्राप्त मुनाफा रकमले मगर भवनको मर्मत तथा अतिरिक्त कोठा निर्माण गरिने कार्यक्रम रहेको मगर संघ युकेका अध्यक्ष सिता पुनले बताएका छन ।
च्यारिटी डिनरको निर्देशक तथा पर्यबेक्षक अध्यक्ष सिता पुन रहेता पनि प्रमुख संयोजक मगर संघ युकेका उपाध्यक्ष रुद्र थापालाई जिम्मेवारी दिइएको छ।
रुद्र थापाको संयोजकत्वमा बिभिन्न उपसमितिहरु खडा भएको छ। जस्तै: हल सेट अप, डेकोरेसन तथा डिस्मेण्टलको लागि एडमिन सेक्रेटरी रमेश दुरामगरको बिशेष सहयोगमा मगर संघ युके यूएजएसबी शाखाका अध्यक्ष ऋषिराम राना र उनका कार्यसमितिलाई जिम्मेवारी दिइएको छ।
च्यारिटी डिनरको सिटिङ प्लानको लागि बरिष्ठ उपाध्यक्ष लाल बहादुर पुनलाई जिम्मेवारी दिइएको छ भने मिडिया सेक्रेटरी किशोर रानालाई टिकटको ब्याबस्था गर्न जिम्मेवारी दिइएको छ।
रिसेप्सन व्यवस्था तथा टिकट बिक्रि बितरणको लागि कोषाध्यक्ष मोहन थापालाई जिम्मेवारी दिइएको छ भने पाहुना सत्कारको लागि बरिष्ठ उपाध्यक्ष लाल पुन, महिला उपाध्यक्ष निर्मला थापा र मगर महिला संघका अध्यक्ष बिष्णु श्रीसलाई जिम्मेवारी दिइएको छ।
च्यारिटी डिनरमा खानपिनको प्यालेस रेस्टुरेण्टले गर्ने भएको छ भने पेय पदार्थ बिक्री बितरणको लागि कार्यसमितिले व्यवस्था गर्ने भएको छ।
कार्यलयको सम्पूर्ण कागजपत्र सम्बन्धि जिम्मेवारीलगायत औपचारिक कार्यक्रम संचालनको लागि महासचिब गुमान सिङ थापा र सचिब गोमान पुनलाई जिम्मेवारी दिइएको छ भने संस्कृतिक कार्यक्रमको लागि सांस्कृतिक सचिब सरु राना (त्यानयाङ) लाई सम्पूर्ण जिम्मेवारी दिइएको छ।
ट्रष्टी क्याप्टेन ताम बहादुर धेगामागरलाई सर्भिङ तथा रिटायर्ड अफिसरलाई च्यारिटीमा सहभागिता गराउने जिम्मेवारी दिइएको छ भने शाखा समितिका अध्यक्षहरुलाई आ-आफ्नो शाखाका सदस्यहरुलाई च्यारिटीमा सहभागिता गराउने जिम्मेवारी दिइएको छ।
च्यारिटी डिनरको प्रायोजक खोज्नका लागि बेलायतवासी ब्याबसायीहरुसंग सम्पर्क गर्नका लागि उपाध्यक्ष होम रोकामगर र सचिब गोमान पुनलाई जिम्मेवारी दिइएको छ भने मगर महिला संघ युकेलाई राफल ड्रको लागि जिम्मेवारी दिइएको छ।
मगर संघ युकेका लागि नयाँ सदस्यता बनाउनका लागि महिला उपाध्यक्ष निर्मला थापा र सह-सचिब बोथबिक्रम थापालाई जिम्मेवारी दिइएको छ भने च्यारिटी डिनर प्रचार प्रसारको लागि मिडिया सेक्रेटरी कोशोर राना र दिपक थापा (मैथाने) लाई जिम्मेवारी दिइएको छ।
पिए सिस्टमको लागि गोर्खा साउण्डक प्रबन्ध निर्देशक तथा यूएजएसबी शाखाका निबर्तमान अध्यक्ष लेख रानालाई जिम्मेवारी दिइएको छ भने ओक्सनको लागि सम्पूर्ण कार्यक्रम संचालन गर्नको लागि मगर संघ युके युथ समितिलाई अनुरोध गरिएको छ।
कार पार्क ब्यबस्थापनको लागि यूएजएसबी शाखाका निबर्तमान उपाध्यक्ष नरेश थापालाई जिम्मेवारी दिइएको छ भने फस्ट एड तथा प्रथामिक उपचारको लागि कोषाध्यक्ष मोहन थापालाई जिम्मेवारी दिइएको छ। त्यस्तै ट्रष्टी जगत थापालाई सुरक्षा समबन्धि सम्पूर्ण जिम्मेवारी दिइएको छ।
च्यारिटी डिनरमा एकल सदस्यताको लागि टिकट £३५० राखिएको छ भने एउटा टिकट फ्री दिने भएको छ भने डबल सदस्यता (श्रीमान तथा श्रीमती) को लागि टिकट £५०० राखिएको छ भने दुइवटा टिकट फ्री दिने भएको छ। त्यस्तै ट्रष्टी सदस्यताको लागि टिकट £१००० राखिएको छ भने दुइवटा टिकट फ्री दिने भएको छ।
एकल सदस्यता लिसकेका सदस्यहरुले डबल सदस्यता लिन इच्छा राखेमा £१५० उपलब्ध गरेर डबल सदस्यता (श्रीमान तथा श्रीमती) लिन सक्नेछन र एउटा टिकट पनि फ्रीमा प्राप्त गर्न सक्नेछन । त्यस्तै डबल सदस्यता लिसकेका सदस्यहरुले ट्रष्टी सदस्यता लिन इच्छा राखेमा £५०० उपलब्ध गरेर ट्रष्टी सदस्यता लिन सक्नेछन र दुइवटा टिकट पनि फ्रीमा प्राप्त गर्न सक्नेछन ।
यदि एकल सदस्यता, डबल सदस्यता तथा ट्रष्टी सदस्यता लिन समयानुकुल तथा परिस्थितिले साथ नदिएपनि £५० को टिकट लिएर च्यारिटीमा सहभागिता जनाउन सक्नेछन।
मगर संघ युकेको च्यारिटी डिनरको अध्यक्षता संघका अध्यक्ष सिता पुनले गर्नेछन भने प्रमुख अतिथि सल्लाहकार तथा सगरमाथा कृतिमानी आरोही हरि बुढामगर र बिशेष अतिथिमा एनआरएनयुकेका अध्यक्ष प्रेम गाहामगरले आतिथ्य ग्रहण गर्नेछन।






