लण्डन २७ अगस्ट २०२३ ।

नेप्लिज् नर्सिङ एशोसिएसन यूकेले १५औं वार्षिकोत्सव आगामी ३ सेप्टेम्बर आइतबार मनाउने भएको छ ।
नेपाली हिन्दु नारीहरुको पर्व तीजको मौकामा एशोसिएसनले तीज विशेष कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव मनाउन लागेको हो । प्लमस्टिडको गोर्खा क्याप्रिकन रेष्टुरेन्टमा एक कार्यक्रमबीच संस्था स्थापनाको पन्ध्रौं वर्ष ‘सेलिब्रेट’ गर्न लागिएको अध्यक्ष सुनिता गौतम थापाले जनाइन् ।
दिउँसो ३ देखि बेलुका १० बजेसम्म निर्धारित कार्यक्रममा प्रमुख अतिथिका रुपमा लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाललाई निम्त्याइएको छ ।
कार्यक्रममा तीज विशेष आकर्षक प्रस्तुतिहरुका साथै डिजे डान्स, लाइभ म्यूजिक, राफल ड्र, तीन कोर्स मिललगायत रहने एशोसिएसनले जनाएको छ ।
अध्यक्ष गौतमले कार्यक्रममा सहभागिताका लागि बेलायतस्थित सम्पूर्ण नेपाली नर्सहरुलाई आह्नान गरेकी छन् ।






