१४ औं नेपाली मेलाको एम्बासडोर कप किरात राई यायोख्खाको पोल्टामा

SHARE:

चिम्खोले काइँला : सम्पादक एभेरेष्ट टाइम्स युके

बेलायत २८ अगस्ट २०२३ । तमुधिं युकेको नेपाली मेला २०२३ तथा १४ औं नेपाली मेलाको एम्बासडोर कप किरात राई यायोख्खा युकेको पोल्टामा परेको छ ।

नेपाली मेला २०२३ तथा १४ नेपाली मेला “हाम्रो संकृति, हाम्रो गौरब, हाम्रो पहिचान” भन्ने मूल नाराकासाथ लन्डनको किमटोन पार्कमा आइतबार २७ अगस्तमा सम्पन्न भएको हो । नेपाली मेलामा घान्द्रुक समाज युके उपविजेता बन्न तथा दोस्रो स्थान सुरक्षित गर्न सफल भए भने पास पुच गुठी युकेले तेस्रो स्थान सुरक्षित राख्न सफल भएको छ ।

नेपाली मेलामा एम्बसाडोर कप प्रथम स्थानको लागि ११०० पाउन्ड, दोस्रो स्थानको लागि ७०० पाउन्ड, तेस्रो स्थानको लागि ५०० पाउण्ड पुरस्कार राखिएको थियो ।

नेपाली मेलाको झाँकीतर्फ पनि किरात राई यायोख्खा युकेले प्रथम स्थान सुरक्षित कायम राख्न सफल भएको छ । पास पुच गुठी युकेले दोस्रो स्थान सुरक्षित राख्न सफल भएको छ भने घानद्रुक समाज युकेले तेस्रो स्थान सुरक्षित गर्न सफल भएको छ।

झाँकीतर्फ प्रथम स्थानको लागि ५०० पाउन्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड, तेस्रो स्थानको लागि २०० पाउण्ड राखिएको थियो।

त्यस्तै नेपाली मेलाको नृत्यतर्फ घानद्रुक समाज युकेले प्रथम स्थान सुरक्षित राख्न सफल भएको छ भने किरात राई योयोख्खा दोस्रो स्थान सुरक्षित राख्न सफल भएको छ । नेपाली मेलाको नृत्यतर्फ प्रथम स्थानको लागि ५०० पाउण्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड, तमुधि युके प्रिसिडेन्ट च्वाइस पुरुस्कार र शान्त्वना पुरुषकारहरुको लागि २०० पाउण्ड राखिएको थियो ।

यस बर्षको “तमुधि युके प्रिसिडेन्ट च्याइस” पुरुष्कारद्वारा पास पुच गुठी युके पुरुस्कृत भएको छ। झाँकीमा तामाङ समाज युके, चार भन्ज्यांग तमु समाज युके र स्यांग्जा समाज युकेले शान्तवना पुरुष्कार प्राप्त गरेका छन भने नृत्यतर्फ तमु समाज युके, किरात याक्थुम चुम्लुङ्ग र पास पुच गुठीले शान्तवना पुरुष्कारद्वारा पुरुस्कृत भएका छन।

तमुधि युकेका संरक्षक तथा बरिष्ठ साहित्यकार एकिन्द्र गुरुङको प्रमुख संयोजकत्वमा झाँकिको निर्णायक मण्डलमा चर्चित संगीतकार बिक्रम गुरुङ, चलचित्रकर्मी मोत्से गुरुङ, तारा बहादुर गुरुङ, र चक्र प्रमोद कोई राई थिए भने नृत्यतर्फको निर्णायक मण्डलमा कोरियोग्राफर कविता घर्तिमगर गुरुङ, चर्चित कार्यक्रम प्रस्तोता तथा नृत्यकार बालकाशी गुरुङ र लोकप्रिय नायिका रजनी गुरुङ थिए।

यस बर्ष नेपाली मेलामा सांकृतिक झाँकीतर्फ २९ टिम र स्टेजतर्फ तथा सांस्कृतिक कार्यक्रममा १२ टिमले भाग लिएका थिए । तमुधि साउथइस्ट इकाई युके (टोहोटे), पुन समाज युके, तमुधि युके लन्डन इकाई, तमु प्ये ल्हु संघ बेलायतले झाँकीमा सहभागिता जनाएपनि प्रतियोगितामा भाग लिएनन्।

नेपाली मेला २०२३ को लागी हरि श्रेष्ठ, श्याम श्रेष्ठ, हुप थापा, कमल पौडेल, नबिन गुरुङ, सुनिता थापा, प्रकाश राना, दिदी लन्डन, बिष्णु खरेल, प्रेम बिकले प्रयोजक गरेका थिए भने राफल ड्रको लागि मेजर योगेश राई, सुमन राई र डेविड गुरुङले प्रायोजक गरेका थिए।

नेपाली मेलाको मुख्य आकर्षणहरु मध्ये सांकृतिक झाँकी, सांकृतिक कार्यक्रम, राफल ड्र, खानपिन, च्यारिटी, आपतकालीन सेवा, खुद्रा पसल, आइसक्रिम, जनचेतनामुलक स्टलहरुलगायत बिभिन्न ब्यबसायिक स्टलहरु रहेका थिए ।

नेपालीमा मेलाको प्रमुख अतिथिमा बिगतका बर्षहरुमा जस्तै बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्य रहेका थिए भने, बिशेष अतिथिहरुमा नेपालबाट बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाको सांसद खम बहादुर (खमबिर) गर्बुजा, बंगला देश, भारत, र पाकिस्तानका राजदुतहरु, एनआरएन अन्तराष्ट्रिय समन्नय समितिका अध्यक्ष कुल आर्चाय, सगरमाथा आरोही हरि बुढामगर र दिया पुनलगात बिभिन्न देशका कुटनीतिक आयोगका पदाधिकारीहरु उपस्थित रहेका थिए ।

अन्य अतिथिहरुमा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, दुतावासका अन्य काउन्सिलरहरु, एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुङ, बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरु उपस्थित भएका थिए ।

तमुधी युकेका अध्यक्ष हरि गुरुङले अध्यक्षता गरेको नेपाली मेलालाई संस्थाको महासचिब डा. गुरुङले संचालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तब्य दिएका थिए।

यस बर्षको नेपाली मेलाको प्रमुख संयोजकको जिम्मेवारी उपाध्यक्ष परशुराम गुरुङले निर्बाह गरेका थिए भने तमुधि युके हाम्सायर एकाइका अध्यक्ष तथा उपसंचालक उत्तर बहादुर गुरुङले झाँकी कार्यक्रमलाई सुचारु रुपले तथा ब्याबस्थित तरिकाले अगाडी बढाएका थिए।

नेपाली मेलाको झाँकी र नृत्य प्रतियोगिता कार्यक्रम सुर्य गुरुङ, योगेश गुरुङ, सिवांगी गुरुङ, सपना रोकामगर र भाबिका लोप्चनले उत्घोषण गरेका थिए।

त्यस्तै तमुधि युके लन्डन इकाइका अध्यक्ष बिष्णु गुरुङ (निशान) को संयोजकत्वमा कर पार्क ब्यबस्थापन, रिसेप्सन ब्यबस्थापन, कार्यक्रम स्थान तयारी, कार्यक्रम स्थान तयारी गर्दा खानपिन ब्यबस्थापनलगायत सम्पूर्ण सेट अप र डिस्मेण्टलको जिम्मेवारी निर्बाह गरेका छन ।

कार्यक्रममा तमुधी युकेका संथापक अध्यक्ष मिन गुरुङ, पूर्वअध्यक्षहरु सुबास सिङ गुरुङ, रामचन्द्र गुरुङ (सुर्जे), कमल गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हितकाजी गुरुङ, आमा समुहका बर्तमान तथा निबर्तमान अध्यक्ष तथा पदाधिकारीहरु संस्थाका बुद्धिजीवी तथा प्रबुद्धबर्गहरुलगायत दसौं हजारको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!