बीसीसी यूकेद्वारा नेपाली मेलामा शान्तिको कामनाहित झाँकी प्रस्तुत

SHARE:

बीसीसी यूकेद्वारा नेपाली मेलामा शान्तिको कामनाहित झाँकी प्रस्तुत

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले नेपाली मेलामा शान्तिको कामनाहित झाँकी प्रस्तुत् गरेका छन् । तमु धिं युकेद्धारा गत आइतबार २७ अगष्टका दिन क्याम्पटन पार्क रेसकोर्ष, लण्डनमा आयोजित १४ औं नेपाली मेलामा बीसीसी युकेले सदाझै यसपटक पनि विश्व शान्तिको कामना गर्दै झाँकी प्रस्तुत् गरेका हुन् ।

बीसीसी यूकेका बीसीसी यूकेका पब्लिक रिलेशन अफिसर मेजर कुमार गुरुङ एमभिओको संयोजकत्वमा भाग लिएको उक्त झाँकीमा धर्म गुरु लामा लुङरिग रिन्पोछे, खेन्पो कर्म छुल्त्रिम, खेन्पो फुर्तेम्बा, बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, प्रमुख सल्लाहकार मेजर खुसिमान गुरुङ, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ बिईएम, पूर्व अध्यक्ष नरेश गुरुङ, पूर्व अध्यक्ष धर्म तामाङ, बीसीसी यूके लण्डन शाखाकी आमा प्रमुख दिलमाया गुरुङलगायत, आमाहरु, भक्तजनहरुले झाँकीमा भाग लिएका थिए ।

करिब ८० जनाको सहभागिता रहेको उक्त झाँकीमा बौद्ध धर्ममा अत्यन्त महत्व मानिने च्योद् साधना प्रस्तुत् गरिएको थियो । सो अवसरमा संयोजक मेजर गुरुङले बीसीसी यूकेको बारेमा गराउदै च्योद् साधनाको बारेमा छोटो जानकारी गराउँदै, उनले भने, “अहिले आधुनिक जीवनशैलीका कारण प्रायः धेरैजसो मानिसहरु तनावमा बाँचिरहेका हुन्छन् । र, मानसिक रोगबाट समेत पीडित छन् । जसको अहिले पनि आधुनिक विज्ञानले सही उपचार गर्न सकेको छैन । त्यसैले पछिल्लो समय योग, ध्यान, आध्यात्मप्रति मानिसहरुको आर्कषण बढिरहेको छ । र, बीसीसी युकेले पनि केही देखि परापूर्व कालदेखि चल्दै आएको च्योद् साधनाको अभ्यास गर्दै आएको जानकारी गराउँन चाहन्छु ।,” साथै, उनले, “ यो च्योद् साधना, अहम र घमण्डलाई क्षेदन गर्ने विधि हो । र, यो विधि ३ प्रकारका हुन्छन्, भने” । 

सो क्रममा बीसीसी यूकेले संस्थाकाे व्यानर, शाक्यमुनी बुद्ध मूर्ति, बौद्ध धर्म ग्रन्थ, नेपाली झण्डा, बेलायती झण्डा, डमरु घण्टी, धुप धुवँरलगायत महत्वपूर्ण बौद्ध सामाग्रीका साथ सम्पूर्ण प्राणीको कल्याण, सुस्वास्थ्य एवं शान्तिको कामनासहित सो ३ प्रकारका च्योद् साधना प्रस्तुत् गरिएको थियो ।

 सोही क्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले च्योद् साधना प्रस्तुत् गर्ने सबै भक्तजनहरुमा धन्यवाद दिदै नेपाली मेलाका आयोजक तमु धिं यूकेलाई समेत धन्यवाद ज्ञापन गरे । 

करिब १० हजार भन्दा बढी दर्शकको सहभागिता भएको उक्त मेलामा बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्यले प्रमुख आतिथ्य ग्रहण गरेका थिए । त्यस्तै, बेलायतमा रहेको विभिन्न देशका कुटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको समेत बिशेष उपस्थिति रहेको थियो । 

करिब ३० वटा नेपाली संघसंस्थाले भाग लिएको उक्त झाँकीमा बीसीसी यूकेले बिशेष सहभागिता जनाएको हो । उक्त मेलाको औपचारिक कार्यक्रमलाई तमु धिं यूकेका अध्यक्ष हरि गुरुङको अध्यक्षता गरेका थिए भने महासचिव डा. बिशाल गुरुङले संचालन गरेका थिए ।

सो मेलाको आर्कषण एम्बासेडर कपतर्फ किराँत राई यायोख्या यूके प्रथम, घान्द्रुक समाज युके दोस्रो र पासा पुचः युकेले तेश्रो स्थान हासील गरेका थिए । त्यस्तै, नृत्यतर्फ घान्द्रुक समाज यूके प्रथम, किरात राई यायोख्या दोस्रो र  पासा पुचः युकेले तेश्रो स्थान हात पारेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!