सांसद गर्बुजालाई स्वागत, बधाई, धन्यवाद तथा बिदाइ: जमुना पुन

SHARE:

सांसद गर्बुजालाई स्वागत, बधाई, धन्यवाद तथा बिदाइ: जमुना पुन

३० अगस्त २०२३ बेलायत। नेपाली कांग्रेसका नेता, भूपू गोर्खा तथा बर्तमान प्रतिनिधि सभाका सांसद खम बहादुर (खमबिर) गर्बुजालाई बेलायतवासी शुभचिन्तकहरुले स्वागत, बधाई, तथा बिदाइ कार्यक्रम बेलायतको गोल्डेन सिप रेस्टुरेन्टमा सम्पन्न गरेका छन भने सांसद गर्बुजाले सोहि कार्यक्रममा सम्पूर्ण शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन ।

कार्यक्रमको पहिलो चरणमा आपतकालीन अबस्थाको बारेमा सुचना, आसन ग्रहण, दिप प्रज्वलन, नेपाली राष्ट्रिय गितलगायत दिबंगत आत्माहरुको चिर शान्तिको कामना गर्दै औपचारिक कार्यक्रमको थालनी भएको थियो।

उक्त कार्यक्रममा माननीय तथा सांसद गर्बुजाले गत प्रतिनिधि सभाको निर्वाचनमा आर्थिक भौतिक तथा नैतिक सहयोग गरि मलाई प्रतिनिधि सभाको सांसद जस्तो गरिमामय पदमा निर्वाचित गर्नमा महत्वपूर्ण भूमिका खेल्ने घरपरिवार, इष्टमित्र, साथिभाइलगायत सम्पूर्ण नेपाली जनतालाई हार्दिक धन्यवाद दिदै धन्यवाद पत्र हस्तान्तरण गरेका छन।

उनले नेपाल फर्केपछि विशेषगरि वंशजको नेपाली नागरिकता निरन्तरता, भूतपूर्व गोर्खाहरुको पेन्सन, भत्ता, सुबिदाहरुलागायत वर्तमान समसामयिक विषयहरुमा अध्ययन गरि नेपाली कांग्रेस पार्टीमा र नेपाल सरकारसंग कुरा राख्ने जनाएका छन ।

म्याग्दी जिल्लाको भूपू माननीय नर बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सांसद गर्बुजा थिए भने बिशेष अतिथिहरुमा सांसद गर्बुजाका धर्मपत्नी बिष्णु गर्बुजा, छोरी एलिन गर्बुजा, छोरा हुसेन गर्बुजा र नेपालबाट बेलायत हाईक फर नेपाल कार्यक्रममा आएकी तथा मिस मंगोल सन् २०१२ सपना रोकामगर थिए।

उक्त स्वागत, बधाई, धन्यवाद तथा बिदाइ कार्यक्रममा स्वागत मन्तब्य गैर आबसीय नेपाली संघ (एनआरएनए) युकेका निबर्तमान अध्यक्ष योग फगामीले गरेका थिए भने पुन समाज युकेका पुर्ब अध्यक्ष धन बहादुर पुनले कार्यक्रम संचालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!