वंशजको नागरिकता निरन्तरताका लागि पहल गरिदिन एनआरएनए अध्यक्ष गाहामगरको प्रधानमन्त्री प्रचण्डलाई आग्रह

SHARE:

काठमाडौं ३१ अगस्ट २०२३ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् ।

६ महिनाभित्र गाहामगरले प्रधानमन्त्रीलाई बिहीबार दोश्रो पटक भेटेर पुनः वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री दाहालको व्यस्तताबीच करिब २५ मिनेटको भेटमा अध्यक्ष गाहामगरले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकलाई सधैंका लागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० लाई पूर्णतः संशोधन गर्न माग गरे ।

दफा १० को उपदफा ९१० अन्तर्गत नेपालको कुनै नागरिकले आफू खुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने व्यवस्था छ । भेटमा आफ्ना माग पुरा गर्न सरकार गम्भीर नभए सशक्त आन्दोलन नै गर्न पछि नपर्ने चेतावनीसमेत दिएको गाहामगरले बताए ।

नेपाल बाहिर झण्डै ८० लाख नेपाली रहेको बताइएपनि खास गैर आवासीय नेपाली (एनआरएन) करिब २० लाख रहेको पछिल्लो तथ्यांक छ । हामीलाई नेपालसंगको सम्बन्ध टुट्न नदिन सम्माननीय प्रधानमन्त्रीज्यूले पहल गरिदिनु पर्छ गाहामगरले भेटमा भएको कुरा उधृत गर्दै भने ।

गाहामगरले भेटवार्तामा भूतपूर्व गोर्खा वार्तामा भइरहेको ढिलाइ र बेलायतका नेपाली राजदूत ज्ञानचन्द्र आचार्य नेपाली समुदायको साझा अभिभावक हुन नसकेको भन्दै गुनासो पनि गरेका थिए । उनले प्रधानमन्त्रीलाई एक ज्ञापनपत्रसमेत बुझाएका छन् ।

ज्ञापनमा गोर्खा सैनिक तथा उनीहरुको परिवार र विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न र गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकता निरन्तरता हुने गरि कानून संशोधन गर्न एनआरएनए यूकेले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।

एनआरएनए यूके अध्यक्ष गाहामगरले यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली लगायत नेतालाई भेटेर उही खालको ज्ञापन पत्र बुझाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!