ललिता निवास प्रकरणमा माधव नेपाल र म निर्दोष भयौं : प्रधानमन्त्री प्रचण्ड

SHARE:

पोखरा १ सेप्टेम्बर २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवासको जग्गा प्रकरणमा मुछिएका एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब सबै छुट पाएर निर्दोष सावित भएको दाबी गरेका छन् ।

शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिआइबीको अनुसन्धानपछि अब पहिलोपटक माधव नेपाल र स्वयम आफू पनि औपचारिक रुपमै निर्देष भएको दाबी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले अब यस विषयमा कसैले पनि छुन नसक्ने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला आफू र माधव एउटै मोर्चामा रहेको बेला षडयन्त्र पो हुने होकी भनेर चिन्ति बनेको अब त्यो नभएको उनको दाबी छ । समेत सुनाए । ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुलाई अनुसन्धान गर्नु भनेर सर्बोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको र सिआईबीको अनुसन्धानका आधारमा सरकारी वकिलले मुद्दा अघि बढाएका बेला प्रधानमन्त्रीले दोषी र निर्दोष आफैंले टुंगो लगाइदिएका छन् ।

पोखराको सभामा प्रधानमन्त्रीले ललिता निवासका दोषी जति मुद्दामा गएको भन्दै अदालतको फैसलाअघि नै आफ्नो राय प्रस्तुत गरेको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले पहिलो पटक थालेको यो अभियान निरन्तर अगाडी बढ्ने उनको भनाइ छ ।

यस पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछिको कार्यकाल त्यती लामो नहोलाकी भन्ने लागेकोमा त्यो अविश्वासलाई विजय गरेर आँफू प्रधानमन्त्रीमा निवौचित भएको आठ महिना भइसकेकाले अब एक बर्ष भन्दा माथि पुग्ने विश्वास लिएको उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीबाट आफू हटेपनि यो महाअभियानलाई अगाडी नै बढाई रहने उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!