भक्तपुर । भोटेकोशीलगायत बाढी पहिरोमा परी ज्यान गुमाएका तथा प्रभावित नागरिकहरूको सम्झनामा इम्पेरियल कलेज अफ इन्जिनियरिङ ताथली भक्तपुरले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
सोमबार आधा दिन कलेज बिदा दिँदै इम्पेरियलले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । कार्यक्रममा कलेजका सीईओ ई.डा.खेमराज जोशीसहित कलेज व्यवस्थापनका शिक्षक र कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
१० भदौमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोटमा ठूलो जनधनको क्षति भएको छ । सोमबार बिहानसम्मको तथ्यांकअनुसार
१३ सय ५५ जनाको शव फेला परेको छ भने हजारौं व्यक्ति अझै बेपत्ता छन् ।
विपद्बाट घर, सडक, पुल तथा जलविद्युत् संरचनामा ठूलो क्षति पुगेको छ।






