‘अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही शेर्पालाई प्रदान

SHARE:

काठमाडौं ५ सेप्टेम्बर २०२३ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको पीपी प्रसाईं लाइफटाइम ‘अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज पीपी प्रसाईं फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले सो अवार्ड प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी सोही अवसरमा राष्ट्रपति पौडेलले फाउन्डेशनले सामुदायिक विद्यालयतर्फ दिँदै आएको उत्कृष्ट शिक्षक पुरस्कार पनि प्रदान गरे । जसअन्तर्गत कोशी प्रदेशबाट फिक्कलका सोमप्रसाद गौतम, बागमती प्रदेशबाट कमला राई काठमाडौं, गण्डकी प्रदेशबाट टुकादेवी आचार्य कास्की, लुम्बिनी प्रदेशबाट गोपालप्रसाद बस्याल पाल्पा, कर्णाली प्रदेशबाट जयबहादुर बस्नेत डोल्पा र सुदूरपश्चिम प्रदेशबाट जीतबहादुर चौधरी छन् ।

उत्कृष्ट शिक्षक पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र रहेको छ भने विद्यालयलाई दश हजार बराबरको शैक्षिक सामग्री रहेको छ । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष शिखर प्रसाईं, सचिव दिलभूषण पाठक, पुरस्कृत शिक्षक कमला राई र जयबहादुर बस्नेत सहभागी थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!