नेपालमा सुन तस्करी प्रकरण: भन्सार अधिकृतसहित विमानस्थलका तीन कर्मचारी पक्राउ

SHARE:

काठमाडौं ९ सेप्टेम्बर २०२३ ।

नेपालमा सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृतसहित थप तीन कर्मचारी पक्राउ परेका छन् ।

भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बा (नासु) द्वय कमल परियार र वीरेन्द्र नेपालीलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।

सुन तस्करी प्रकरणमा संगठित अपराधको कसुरमा अनुसन्धान जारी राखेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले तिनै जना कर्मचारीलाई शनिबार नियन्त्रणमा लिएको हो ।

करिब ६१ केजी सुन तस्करी प्रकरणमा यसअघि प्रकाउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्कर माथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेको हो ।

यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा अरू कर्मचारीको संलग्नता देखिएपछि थप तीन कर्मचारी पक्राउ परेका हुन् । सुन तस्करी प्रकरणमा हालसम्मा पक्राउ पर्नेको संख्या ३१ पुगेको सीआइबीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!