तमु समाज युके र लन्डन बरो अफ ब्रेन्ट काउन्सिलका क्याबिनेट मेम्बरको भेट

SHARE:

शिवशरण गुरुङ
लन्डन । तमु समाज युकेले लन्डन बरो अफ ब्रेन्टका नवनिर्वाचित काउन्सिलका क्याबिनेट मेम्बरहरुसँग भेटघाट गरेको छ ।

वेम्बलीस्थित तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरमा गत २७ जुलाई साँझ सो भेटघाट कार्यक्रम भएको हो । अध्यक्ष शिवचन्द्र गुरुङको सभापतित्वमा भएको कार्यक्रम महासचिव हर्कबहादुर गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि लन्डन बरो अफ ब्रेन्टका काउन्सिल लिडर काउन्सिलर मोहमद बट, विशेष अतिथिमा ब्रेन्टका निवर्तमान मेयर काउन्सिलर भगवानजी चौहान र अन्य अतिथिहरुमा काउन्सिलर जेम्स अलि, काउन्सिलर सकिब बट, काउन्सिलर त्रुप्ति संगानि, काउन्सिलर क्रुपा सेठ र काउन्सिलर थोमस स्टेफेनलाई समाजका अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष बिन्दु घले र पूर्वअध्यक्ष शिवशरण गुरुङले खादा लगाई स्वागत, बधाईसहित भेटघाट गरेका थिए । कार्यक्रममा निवर्तमान मेयर तथा काउन्सिलर भगवनजी चौहानका धर्मपत्नी र काउन्सिलर त्रुप्ति संगाईका पति पनि उपस्थित थिए ।

कार्यक्रम सञ्चालक तथा महासचिवले प्रारम्भमा हेल्थ एण्ड सेफ्टीसम्बन्धी जानकारी र त्यसपछि अतिथिहरुको संक्षिप्त परिचय दिँदै समाजको तर्फबाट नवनिर्वाचित काउन्सिलरहरुलाई सफल कार्यकालको शुभकामनासहित हार्दिक बधाई पनि ज्ञापन गरेका थिए ।

भेटघाट कार्यक्रममा तमु समाज युकेका उपाध्यक्ष शिवकुमार गुरुङले उपस्थित काउन्सिलरहरुलाई संस्थाको संक्षिप्त परिचयसहित तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरको रिनोभेसन कार्य, सञ्चालन, व्यवस्थापन र प्रयोगको बारेमा श्रब्य, दृश्य र पावर पोईन्टबाट विस्तृत जानकारी गराएका थिए । कार्यक्रममा समाजका अध्यक्ष गुरुङले धन्यवाद मन्तव्य राखेका थिए ।

सो अवसरमा तमु समाज युकेले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुन पाउँदा लन्डन बरो अफ ब्रेन्टका काउन्सिल लिडर कउन्सिलर मोहमद बट, निवर्तमान मेयर काउन्सिलर भगवानजी चौहानलगायत सबै अतिथि काउन्सिलरहरुले अत्यन्त खुसी व्यक्त गर्दै तमु समाज युकेलाई आभारसहित हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।

भेटघाट कार्यक्रममा मन्तव्य राख्ने क्रममा सबै अतिथिहरुले ब्रेन्ट काउन्सिलको कम्युनिटी ऐसेट ट्रान्सफर योजनाअन्तर्गत समाजले प्राप्त गरेको तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरको रिनोभेसन कार्य, यसको सञ्चालन, व्यवस्थान र प्रयोगबाट अत्यन्त प्रभावित हुँदै यस सेन्टरबाट तमु समाज युकेलगायत लोकल कम्युनिटी तथा नेप्लिज कम्युनिटीहरुले प्राप्त गरेको फाइदा र सेन्टरको संचालनबाट आम जनमानस र समाजमा परेको सकारात्मक प्रभावको प्रशंसा गर्दै तमु समाज युकेलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । यस प्रकारका उदाहरणीय असल कार्यहरुको निरन्तरता समाजले सदा जारी राख्नु पर्ने पनि सबै अतिथिहरुले मन्तव्यमा सुझाएका थिए ।

अत्यन्तै सौहार्द तथा पारिवारिक वातावरणमा सम्पन्न भेटघाट कार्यक्रमको अन्तमा सम्पूर्ण अतिथि गण तथा उपस्थित महानुभवहरु रात्रिभोजमा सरिक भएका थिए ।

कार्यक्रमको फोटोग्राफी युवा समूहका अध्यक्ष ओमकार गुरुङ र खानाको व्यवस्थापन उपाध्यक्ष कन्यप्रसाद गुरुङ र पूर्ण घलेले गरेका थिए ।

कार्यक्रम सफल बनाउन ठूलो भूमिका खेल्ने उपाध्यक्ष शिवकुमार गुरुङ, समाज घरका मेनेजर बाबुराम गुरुङ, सहायक मेनेजर यमबहादुर गुरुङ र इमान घले, तमु समाज युकेका सल्लाहकार, कार्यसमितिका पदाधिकारी, आजीवन सदस्यहरु, आमा समूह, युवा समूह, सम्पूर्ण शुभचिन्तक दाजुभाइ तथा आमा समूहकी अध्यक्ष बिन्दु घले र आमा समूहलाई दिलोज्यान लगाएर कार्यक्रम सफल बनाउनु ठूलो भूमिका खेलेको भन्दै अध्यक्षबाट धन्यवाद दिइएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!