लन्डन १२ डिसेम्बर २०२३ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले यस वर्षको पुरस्कार गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई र सम्मान विमला सेनेलाई दिने निर्णय गरेको छ ।
पत्रकार तमु लामो समयदेखि फोटो पत्रकारितामा पनि क्रियाशील छन् । उनले ३ वर्षदेखि आफ्नै मिडिया गोर्खामिडिया ड कम संचालन गर्दै आएका छन् । उनले एभरेष्ट टाइम्समा लामो समय पत्रकारितामा योगदान गरेका थिए । पोखरा नयाँबजारका उनको पुर्ख्यौली गाउँ कास्कीको रिभान हो । हाल उनी अल्डरसटमा सपरिवार बस्दै आएका छन् ।
सन् १९९२ बाट ब्रिट्रिस फोर्सेस ब्रोडकाष्टिङ सर्भिस ब्रुनाईबाट रेडियो पत्रकारिता सुरु गरेकी उनले इटहरीबाट संचालित सप्तकोशी एफएममा सन् २००४ देखि निरन्तर करिब १० वर्ष रेडियो पत्रकारिता गरिन् । वाणिज्यशास्त्रमा स्नातकोत्तर उनी ब्रुनाईमा रेडियो सेवा सँगै लन्डनको नेपाली टिभीमा समाचार प्रसारिकरुपमा पनि काम गरिन् । सन् २०१४ देखि गोर्खा च्यानल चलाएकी उनी तेह्रथुमको लालीगुराँसमा जन्मेकी हुन् । उनी नेपाल पत्रकार महासंघ युके शाखाको नेपालको निमित्त केन्द्रीय प्रतिनिधि/सदस्य एवं पूर्वउपाध्यक्ष हुन् ।
फोनिज युकेले यी पुरस्कार र सम्मानको अलावा नेपालको निमित्त १० लाखको अक्षयकोष खडा गरी सन् २०१६ देखि नगदसहित सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।






