हरेक भारतीयको आफ्नो घर बनाउने मोदीको सपना

SHARE:

गुजरात । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकलाई आफ्नै घरको सुनिश्चतता गराउने आफ्नो सपना रहेको बताएका छन् ।

उनले आगामी सन् २०२२ सम्ममा सबै नागरिकको आफ्नै घर हुने बिहीबार आयोजित एक कार्यक्रममा बताए ।

प्रधानमन्त्री आवास योजनाबाट लाभान्वितहरुलाई प्रमाणपत्र वितरण गर्न गुजरातमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

उनले यो मेरो सपना भएकाले सन् २०२२ सम्ममा हरेक नागरिकलाई आफ्नै घरको व्यवस्था गराउनका लागि आफुले प्रयास गरिरहेको जानकारी दिए ।
उनले थपे, “हामीले अहिले सम्म राजनीतिक नेताहरुले मात्रै सरकारी घर पाएको सुनेका छौँ, तर अब चाडै नै गरिव जनताले पनि सरकारबाट आफ्नै घर पाएको सुन्न पाउनुहुनेछ ।”
उनले प्रधानमन्त्री आवास योजना अन्तर्गत निकै राम्रा घर बन्न सम्भव भएको र त्यसमा कुनै मध्यम बर्गीय नागरिक नरहेको बताए ।

भारतको महत्वपूर्ण चाड रक्षा बन्धनको पुर्वसन्ध्यामा प्रधानमन्त्री मोदी मार्फत् गुजरातका गरिब बर्गका महिलाहरुलाई घर हस्तान्तरण गरिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!