महिला अधिकारकर्मीलाई मृत्युदण्डको माग

SHARE:

दुबई । साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ ।
सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो ।

सुन्नीको नियन्त्रणमा रहेको र तेलको पर्याप्त खानी रहेको पुर्वी प्रान्त शिया क्षेत्रमा विरोध प्रदर्शन गरेकाहरूलाई मानवअधिकार उलङ्घन गरेको आरोप लगाइएको छ ।

सन् २०११ देखि पूर्वी प्रान्तमा प्रदर्शन गर्दै आइरहेकी महिला अधिकारकर्मी इश्रा अल गोमघाम मानवअधिकार हननसम्वन्धी अभियोगमा मृत्युदण्डको सजाय तोकिने पहिलो महिला हुनेभएको छ ।
उनलाई सन् २०१५ को डिसेम्बर महिनामा उनकै घरबाट श्रीमान्सहित नियन्त्रणमा लिइएको एम्नेष्टी इन्टरनेशनल र ह्युमन राईस् वाचले यसै हप्ता छुट्टा छुट्टै सूचनामार्फत जनाएका छन् ।

“सरकार विरोधी प्रदर्शनमा सम्लग्न भएको अभियोगमा इश्रा सहित पाँच जनाले अहिले भयावह दण्ड सजाय भोगिरहेका छन्,” एम्नेष्टी इन्टरनेशनलका मध्यपूर्व निर्देशक समाह हाडिडले भने ।

उनले यो निर्णय फिर्ता लिन साउदी अरबका अधिकारीसँग आग्रह गरिरहेको जानकारी दिए । तर आफुहरूको आग्रहका बारेमा उनीहरूले अहिले सम्म कुनै प्रतिक्रिया नदिएको पनि उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!