अफगानिस्तानमा ३३ लडाकू मारिए

SHARE:

मैमाना । अफगानिस्तानको फार्याब प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ३३ तालिबान लडाकू मारिएका छन् ।

घटनामा परी अन्य १३ जना घाइते भएका एक जना सैन्य अधिकारीले शनिबार जानकारी दिएका छन् ।

“अफगानी हवाइ सुरक्षाबलको सहयोगमा अफगान राष्ट्रिय सेनाले सो दक्षिणी प्रान्तको राजधानी मैमाना सहरमा शुक्रबार सुरक्षा कारबाही गरेको हो,” सेनाका एक जना प्रवक्ता हनिफ रेजाइले भने ।

मारिएका मध्ये दुई जना तालिवान विद्रोहीका कमाण्डरसमेत रहेका रेजाईले जानकारी दिए । तालिवान लडाकूले भने घटनाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!