डब्लिन । आयरल्यान्डको राजधानी डब्लिनमा हालै सम्पन्न भएको नेपाल आयरल्यान्ड जनजाति संघको ऐतिहासिक दोस्रो महाधिवेशनले २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
मेख गुरुङको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा ज्ञानसिं पुन मगर, महिला उपाध्यक्षमा श्रीमती सिर्जना मोक्तान, महासचिवमा मिलन छन्त्याल, कोषाध्यक्षमा विज्ञान गुरुङ, सांस्कृतिक सचिवमा दिक्षा गुरुङ, सचिवमा सुनिता लामा, सांस्कृतिक सहसचिवमा पुस्कर बम्जन निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै क्षेत्रीय प्रतिनिधिमा सुमन गुरुङ, क्षेत्रीय प्रतिनिधि बुद्ध लामा छन् । त्यसैगरी सदस्यहरु उज्वल ह्योम्बा, खेम गुरुङ, गोबिन्द छन्त्याल, प्रकाश दोङ, दावा भुटी, दिपा खालिङ्ग राई, रेशम गुरुङ, प्रकाश बम्जन, गणेश गुरुङ, दोर्जे डान्दुल, जयन्द्र राना मगर, हुम राना मगर निर्वाचित भएका छन् । सल्लाहकारहरुमा संस्थापक अध्यक्ष याम छन्त्याल, निवर्तमान अध्यक्ष चन्द्र बम्जन, प्रेम घले र दलाराम तामाङ छन् ।






