भरत गुरुङ
लन्डन । तमुधिं लन्डन इकाईले आउने १ सेप्टेम्बरका दिन नर्थ होल्डस्थित सोसियल क्लबमा हरितालिका तीज पर्व मनाउने भएको छ । यसवर्ष पनि भव्य रूपमा तीज मनाउन सम्पूर्ण तयारी पूरा गरिएको सो संस्थाले जनाएको छ ।
कार्यक्रमका लागि इकाईको महिला समूहकी उपाध्यक्ष श्रीमती देवकला गुरुङ संयोजक र उपाध्यक्ष कमला गुरुङ सहसंयोजकमा रहेकी छन् बाबा समूहले सहयोग गर्ने जनाइएको छ । कार्यक्रम आकर्षक बनाउन विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ भने नेपालबाट आएकी ख्याति प्राप्त गायिका सुशीला गौतमको जोडदार प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै, नेपालबाट आएकी तमु मै ताँ नामक टेलिभिजन कार्यक्रम प्रस्तोता एवं गुरुङ चलचित्र नायिका पुनम गुरुङको पनि विशेष उपस्थिति रहने छ ।
विशेषगरी हिन्दू नेपाली नारीहरुले मनाउँदै आएको तीज पर्वको विशेष महत्व छ । यस पर्वमा दिदीबहिनीहरु वर्षभरीका दुःख आपसमा साटासाट गर्ने, नाचगान र रमाइलो गरी दुःख बिर्साउने गर्छन् ।






