एभरेस्ट टाइम्स युकेका पूर्वसञ्चालक सदस्य मिलन ‘तमु समाज युके’ बाट सम्मानित

SHARE:

लन्डन ७ जनवरी २०२४ । एभरेस्ट टाइम्स युकेका पूर्वसञ्चालक सदस्य तथा फोटो पत्रकार मिलन तमु सम्मानित भएका छन् ।

गोर्खा मिडिया युकेका प्रबन्ध निर्देशक तथा पूर्व ब्रिटिस गोर्खा सैनिकसमेत रहेका तमुलाई ‘तमु समाज युके उत्कृष्ट समाजसेवा सम्मान-२०२४’ बाट सम्मानित भएका हुन् । तमु समाज युकेको शनिबार ६ जनवरीमा हेरो लेजर सेन्टरमा आयोजित ल्होछार कार्यक्रममा तमुलाई समाजका अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले खादा, फेटा, सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।

तीन दशकदेखि फोटो पत्रकारका रुपमा चिनिएका तमु गत १६ डिसेम्बर २०२३ मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेबाट ‘फोनिज पत्रकारिता पुरस्कार’बाट समेत पुरस्कृत भएका थिए । समाजसेवी तथा गीतकारका रुपमा समेत चिनिएका तमुले ४ वर्षदेखि आफ्नै एकल स्वामित्वमा गोर्खा मिडिया डट कम अनलाइन संचालन गर्दै आएका छन् । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध उनले यसअघि लंग सर्भिस एन्ड गुड कन्डक्ट मेडेल, कोसोभो कन्फ्लिक्ट मेडल, ब्रुनाइ सर्भिस मेडेल, सहारा युकेबाट विशेष सम्मान २०१६, हर्कबहादुर स्मृति पुरस्कार, आदर्श तमु वर्ष २०२२ प्राप्त गरिसकेका छन् ।

पोखरा नयाँबजारका उनको पुर्ख्यौली गाउँ कास्कीको रिभान हो । हाल उनी अल्डरसटमा सपरिवार बस्दै आएका छन् । तमु गीत लेखनमा पनि सक्रिय छन् । उनले गुरुङ फिल्म युम्पो देउराली निर्माण पनि गरेका छन् । साथै नेपालका विभिन्न ठाउँमा बाटो, मन्दिर, गुम्बा, क्होंइबो निर्माणमा आर्थिक सहयोग गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!