सहारा युकेका नवनिर्वाचित अध्यक्ष कृष्ण गुरुङ पोखरामा सम्मानित

SHARE:

लन्डन २३ जनवरी २०२४ । सहारा युकेका नवनिर्वाचित अध्यक्ष कृष्ण गुरुङ पोखरामा सम्मानित भएका छन् ।

आहा ! रारा पोखरा गोल्डकपका लागि शनिबार २० जनवरीमा नेपाल पुगेका गुरुङलाई पोखरा रंगशाला अगाडि रहेको मगर भवनमा एक कार्यक्रमबीच सोमबार नेपाल मगर सांस्कृतिक संघ कास्कीले सम्मान गरेको हो । उनलाई संघकी अध्यक्ष सरिता सारुमगर लगायतले खुर्पेटो अंकित घडी मायाको चिनोसहित फेटा र पुष्पगुच्छाले स्वागत तथा सम्मान गरे ।

अध्यक्ष गुरुङसहित सल्लाहकार कृष्णबहादुर गुरुङ, मिडिया सेक्रेटरी तथा गोर्खा मिडिया प्रबन्धक निर्देशक मिलन तमु र आजीवन सदस्य ठाकुर गुरुङ पनि सम्मानित भएका छन् । मौलिक संस्कृति संवर्द्धनमा काम गरिरहेको संस्थाले आफूहरुलाई पहिलो पटक सम्मान गरेको भन्दै अध्यक्ष गुरुङले नेपाल मगर सांस्कृतिक संघ कास्कीको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

सोही अवसरमा सम्मानित अध्यक्ष गुरुङलगायतले नेपाल मगर सांस्कृतिक संघ कास्कीलाई केही नगद सहयोगसमेत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!