पाइलट अध्ययन गरिरहेका दीपेन्द्रलाई नेपाल तामाङ घेदुङ इजरायलद्वारा आर्थिक सहयोग

SHARE:

काठमाडौं २६ मार्च २०२४ ।

पाइलट अध्ययन गरिरहेका दोलखाका दीपेन्द्र घिसिङ तामाङलाई नेपाल तामाङ घेदुङ इजरायलले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

सोमबार बौद्ध चुच्चेपाटीस्थित घेदुङको संघीय कार्यालयमा संघीय अध्यक्ष मोहन गोले तामाङ, महासचिव जगतमान दोङ तामाङ, घेदुङ इजरायलका पूर्वअध्यक्षहरू उर्मिला पाख्रिन तामाङ, कल्पना मोक्तान तामाङ र अनिता तामाङले घिसिङलाई सहयोग रकम प्रदान गरेका हुन् ।

वर्तमान कार्यसमितिले ३० हजार र घेदुङ इजरायलको शैक्षिक कोषबाट २० हजार रुपैयाँ हस्तान्तरण गरिएको घेदुङ इजरायलका महासचिव सुनिल रुम्बा तामाङले जानकारी दिए । सो अवसरमा नेपाल तामाङ घेदुङ इजरायलका पूर्वसल्लाहकारहरू मिश्री योन्जन तामाङ, कान्छी घिसिङ तामाङ, सारा लामा तामाङ, पूर्वउपाध्यक्ष अनु स्याङ्तान तामाङ र पूर्वसदस्य सानुमाया लोप्चन तामाङको समेत उपस्थिति थियो ।

दोलखाको वैतेश्वर गाउँपालिकाका दीपेन्द्र पाइलट अध्ययन गर्न रकम अभाव भएपछि ुएक रुपैयाँ अभियानु सञ्चालन गरिरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!