काठमाडौं २७ मार्च २०२४ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी)बीच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बुधबार भएको समझदारीपत्रमा संघका अध्यक्ष डा.बद्री केसी र टी ईपीसीका कार्यकारी निर्देशक शरदविक्रम राणाले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार टीईपीसी र एनआरएनएको सहकार्यमा नेपाली सामानको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, नेपाली डायस्पोरामा बढीभन्दा बढी मात्रामा नेपाली सामानको उपभोग गर्ने तथा गर्न प्रोत्साहन गर्ने, मौलिक सामान प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गर्नेलगायत सहमति भएको छ ।
सो अवसरमा संघका कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, संघका सचिव टीका गुरुङ, अधिकृत कुनाल मिश्रलगायत पनि उपस्थित थिए ।






