सहारा युकेको फ्यामिली क्याम्पिङ मे ३ देखि ५ सम्म वेल्समा

SHARE:

लन्डन ५ अप्रिल २०२४ । सहारा युकेले आउँदो मे पहिलो साता वेल्समा तीन दिने फ्यामिली क्याम्पिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

हरेक वर्षजस्तै ३ दिने क्याम्पिङ कार्यक्रम यस वर्ष मे ३ शुक्रबारदेखि ५ तारिख आइतबारसम्म वेल्समा हुने उपाध्यक्ष तथा कार्यक्रम संयोजक शारदा गुरुङले जानकारी दिए । क्याम्पिङमा खानपिन, मनोरन्जन, खेलकुदजस्ता विभिन्न कार्यक्रम समेटिने गर्छन् ।

यस वर्ष च्यारिटी डिनर नाइट नहुने भएकोले सम्पूर्ण सहारा परिवार क्याम्पिङमा सहभागी भई संस्थालाई मद्दत गर्नसमेत संयोजक गुरुङले अनुरोध गरेका छन् । क्याम्पिङ समय पनि नजिकिँदै गर्दा आफ्नो परिवारसहित इष्टमित्रहरू, साथीभाइहरूको परिवारलाई पनि सहारा परिवारसँग मिलाएर रमाइलो र आनन्द लिन पनि एक सूचनामार्फत उपाध्यक्ष गुरुङले आग्रह गरे ।

क्याम्पिङमा सहभागीलाई टिकटदर कपलको १ सय ५० पाउन्ड र सिंगलको १ सय पाउन्ड तोकिएको छ । उक्त शुल्क तिरेपछि तीन दिनसम्म खाना, पेयपदार्थ, बसोबास नि:शुल्क हुने आयोजकले जनाएको छ ।

सहभागी हुनेहरुले सहारा युकेको बैंक खाता वा कोषाध्यक्ष कुमार थापालाई सम्पर्क गरेर शुल्क बुझाउने र अन्य जानकारी लिन सकिने जनाइएको छ ।

सहारा युकेको फ्यामिली क्याम्पिङ गत वर्ष मे १२ देखि १४ तारिखसम्म वेल्मै भएको थियो । सहाराले बेलायतका विभिन्न पर्यटकीय क्षेत्रमा हरेक वर्ष क्याम्पिङ गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!