
मगर संघ युकेको साधारण सभा सम्पन्न
जमुना पुन – बेलायत
०६ अप्रिल २०२४ – बेलायत। मगर संघ युकेको बार्षिक साधारण सभा बेलायतको फार्नबोरोस्थित आफ्नै मगर भवनमा सम्पन्न भएको छ।
बार्षिक साधारण सभामा संस्थाका महासचिब गुमान सिङ थापाले बर्षभरी मगर संघ युकेकोतर्फबाट बेलायतमा स्थापित बिभिन्न संघ-संस्थाहरुमा मगर संघ युकेका अध्यक्षलगायत कार्यसमितिहरुले सहभागिता जनाएको संघ-संस्थाहरुको सुची प्रस्तुत गर्दै मगर संघ युकेका बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
बार्षिक साधारण सभामा संस्थाकोतर्फबाट कोषाध्यक्ष मोहन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने हाउजिङ कोषाध्यक्ष थम रोकाले प्रस्तुत गरेका थिए। उक्त बार्षिक तथा आर्थिक प्रतिवेदन ब्यापक छलफल गर्दै सम्पूर्ण प्रतिवेदनहरु सर्बसम्मतबाट पारित भएको छ।
बार्षिक साधारण सभामा नेपाली ओपन कन्सर्ट २०२४ का संयोजक तथा मगर संघ युकेका उपाध्यक्ष होम रोकाले नेपाली ओपन कन्सर्टको पुर्ब तयारीको बारेमा बृस्तित जानकारी दिएका छन भने सांस्कृतिक सचिब सरु रानाले नेपाली ओपन कन्सर्टमा मंगोलियन हार्टलाई निमन्त्रणा दिएको जानकारी दिएका थिए।
बार्षिक साधारण सभामा मगर संघ युकेका रेडिङ शाखाका अध्यक्ष सोब रेगामी, केन्ट शाखाका अध्यक्ष क्याप्टेन नानीबाबु मगर, UHSB शाखाका सचिब गणेश बुराथोकी, वेम्बली शाखाका अध्यक्ष गंज आले, प्लम्स्टेड शाखाका सचिब यम थापा, युथ समितिका अध्यक्ष अनिल थापा र युथ कोषाध्यक्ष करिष्मा थापाले आ-आफ्नो शाखाको प्रतिवेदन प्रस्तुत गरेका थिए।
बार्षिक साधारण सभामा मगर संघ युकेका ट्रष्टी तथा बिधान समितिका संयोजक क्याप्टेन राम पुनले मगर संघ युकेको प्रयोग गर्दै आएको लोगो (खुर्पेटो) मगर संघ युकेको बिधानमा राख्ने शंसोधनको बुँदा सर्बसम्मतद्वारा पारित भएको छ। त्यस्तै मगर मास्टर डिग्री तथा पीएजडी ट्रष्ट फन्डको नेपाल टिममा नेपाल मगर संघ र नेपाल मगर बिद्यार्थी संघ सम्पर्क समिति र सल्लाहकार समितिमा राख्ने पनि सर्बसम्मतबाट पारित भएको छ।
सो बार्षिक साधारणमा सभामा मगर संघ युकेका हाउजिङ कमिटिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष लाल पुन र सहसंयोजक मनोज पुनले मगर भवनको हालसम्म भएको गतिबिधि, भवन तला थप्नको लागि प्लानिङ पर्मिशन प्राप्त भएको र जुलाईदेखि काम शुरु गरिने अबगत गराएका छन ।
मगर संघ युकेका पुर्ब अध्यक्ष दुत पुनले नेपालमा रहेको मगर मास्टर डिग्री तथा पीएसडी अक्षयकोषको बारेमा बृस्तित जानकारी थिए भने उनले छात्रवृतिको लागि हालसम्म ३० वटा मगर बिद्यार्थीहरुको आवेदन परेको जानकारी दिएका छन ।
उक्त बार्षिक साधारणमा सभामा मगर संघ युकेका ट्रष्टी तथा बिधान समितिका संयोजक क्याप्टेन राम पुन फोक्स्टोन नेपाली कम्युनिटीको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएको उपलक्षमा उनलाई खडा लगाएर सम्मान गरिएको थियो।
मगर संघ युकेका अध्यक्ष सिता पुनले अध्यक्षता गरेको कार्यक्रममा महासचिब गुमान सिङ थापाले संचालन गरेका थिए।
अध्यक्ष पुनले बार्षिक साधारण सभामा उपस्थित संस्थाका पुर्ब अध्यक्षहरु, संरक्षक, ट्रस्टीहरु, सल्लाहकारहरु, साखाका अध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, युथ कमिटिका अध्यक्षलगायत बिभिन्न उपसमितिका सदस्यहरुलाई धन्यवाद दिदै बार्षिक साधारण सभा बिसर्जन गरेका थिए ।







