राखु समाज युकेको अध्यक्षमा शोभिता शाही निर्वाचित

SHARE:

बिष्णु भण्डारी

बेलायत । गत शनिबार ६ अप्रिलको दिन राखु समाज युकेको पाँचौं महाधिवेशनबाट शोभिता शाही अध्यक्षमा सर्वसम्मतद्वारा निर्वाचित भएकी छिन् । सोही दिन शोभिता शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा खिम मल्ल (पुष्पा), सचीवमा सुजाता भण्डारी, कोषध्यक्षमा कपिल मल्ल, सहकोषध्यक्षमा कुसुम मल्ल, सहसचिबमा अनिल मल्ल, कार्यक्रम संयोजकमा संगीता साही सर्बसम्मतद्वारा निर्वाचित भएका छन।

त्यस्तै राखु समाज युकेको संरक्षकमा मेजर डम्मर साही, बरिष्ठ सल्लाहकारमा भगवान मल्ल, सल्लाहकारहरुमा क्रमश: अमर मल्ल, रत्न साही (गोपाल) र बिष्णु भण्डारी मनोनित भएका छन।

उक्त  महाधिवेशनको तथा निर्वाचनका प्रमुख आयुक्त रत्न शाही थिए भने आयुक्तहरु नन्द मल्ल र अर्जुन मल्ल थिए।

महाधिवेशनको दिनमा नयाँ बर्षको शुभकामना आदनप्रदानको साथै बनभोजको व्यवस्था गरिएको थियो। बनभोजमा राखु समाज युकेका जवाई चेलीहरुलाई पनि आमन्त्रण गरिएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!