आगामी जुन २ मा लन्डनमा बुद्धजयन्ती मनाइने, दर्जनौं संस्थाको ऐक्यबद्धता र सहकार्य

SHARE:

लन्डन २३ अप्रिल २०२४ । आगामी जुन दुई तारिख लन्डन वुल्लीच आर्सनलमा हुने बुद्धजयन्ती कार्यक्रममा बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।

आयोजक बुद्ध फाउन्डेसन यूकेले आइतबार स्थानीय संघसंस्थासंग गरेको भर्चुअल छलफलमा सहभागी झण्डै डेढ दर्जन संस्थाका प्रतिनिधिले सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन् ।

फाउन्डेसनले लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्ड समेतको सहकार्यमा गर्न लागेको बुद्धजयन्ती कार्यक्रम सफल पार्न संघसंस्थाहरुसंग सहकार्य गरिन लागेको कार्यक्रम संयोजक एवम् फाउन्डेसनकी उपाध्यक्ष प्रसुना कँडेलले बताइन् ।

बेलायतस्थित सबै नेपाली संस्थालाई सहकार्य र सहभागिताको लागि आव्हान गरिएको भन्दै उनले अरु धेरै संस्थासंग सहकार्य हुने जानकारी दिइन् । फाउन्डेसनसँगको छलफलका क्रममा तमु धीं यूके साउथ इष्ट रिजनल लन्डन, पासा पुचः गुथि साउथ इष्ट, क्षेत्री समाज यूके, साझा नेपाली समाज यूके, सिर्जनशिल लेष्टर नेपाल, नेप्लिज ब्रिटिश कम्युनिटी यूके, डाटफोर्ड नेपाली समाज, चार्ल्टन नेपाली समाज, ठकुरी समाज साउथ इष्ट, जीगेसा, कोडेक यूके, नवलपुर समाज यूके, द गोर्खा सेन्टरलगायतका प्रतिनिधिले कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै आ-आफ्नो संस्थाबाट सहकार्य हुने बताएका थिए ।

सो अवसरमा एनबिसी यूके अध्यक्ष समीरनाथ प्याकुरेल, पासा पुचः गुथि साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठ, नवलपुर समाज यूके अध्यक्ष मीना सापकोटा, चार्ल्टन नेपाली समाज अध्यक्ष सीता अर्याल, क्षेत्री समाज यूके अध्यक्ष श्रद्धा थापा, डाटफोर्ड नेपाली समाज अध्यक्ष डा बीना घिमिरे, कोडेक यूकेकी अध्यक्ष प्रतिमा दाहाल, साझा नेपाली समाज यूकेका महासचिव सशांक शर्मा, सिर्जनशिल लेष्टर नेपालका पूर्व अध्यक्ष नारायण फुयाँल, तमु धीं साउथ इष्ट रिजनल अध्यक्ष पिके लामा, जिगेसा एवम् ठकुरी समाज अध्यक्ष हरिकुमार मल्ल, गोर्खा सेन्टरका भीम तामाङलगायतले सहयोग र सहभागिताको प्रतिवद्धता गरेका थिए ।

सो अवसरमा फाउन्डेसनका सल्लाहकारहरु शिवजी श्रेष्ठ र आरके त्रिपाठीसहित कार्यसमितिका पदाधिकारीहरुले पनि कार्यक्रम तयारीका विभिन्न पक्षबारे आफ्ना विचार राखेका थिए ।

फाउन्डेसन अध्यक्ष दीपक श्रेष्ठले बुद्धजयन्ती कार्यक्रममा सहकार्य गर्ने सबै संस्थाप्रति धन्यवाद ज्ञापन गरेका छन् । बुद्धको जन्मस्थल लुम्बिनी र बुद्धको शान्ति सन्देशको प्रचारप्रसारका साथै नेपालको पर्यटन प्रवर्द्धनमा लक्षित कार्यक्रम सफल पार्नु सबै नेपालीको कर्तव्य हुने भन्दै उनले सिंगो समुदायको सहभागिताको लागि अपील गरेका छन् ।

अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धजयन्ती कार्यक्रम संयोजक एवम् उपाध्यक्ष प्रसुना कँडेलले स्वागत गर्दै हालसम्मको तयारीबारे जानकारी गराएकी थिइन्। कार्यक्रम सञ्चालन उपाध्यक्ष अर्जुन कटुवालले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!