मगर संघ युकेको ‘१६ औं नेपाली ओपन कन्सर्ट’ जुन १५ मा, गायक राजु लामाले लाइभ प्रस्तुति दिने

SHARE:

लन्डन २५ अप्रिल २०२४ । बेलायतवासी नेपाली समुदायमा लोकप्रिय ‘नेपाली ओपन कन्सर्ट’मा यस वर्ष मंगोलियन हर्टका चर्चित गायक राजु लामाले प्रस्तुति दिने भएका छन् । मगर संघ युकेको आयोजनामा हरेक वर्ष हुँदै आएको नेपाली ओपन कन्सर्टको यो १६ औं संस्करण हो ।

आउँदो जुन १५ तारिखमा मेडस्टोनस्थित केन्ट इभेन्ट सेन्टरमा हुने नेपाली ओपन कन्सर्टमा पहिलो पटक मंगोलियन हर्टका राजु लामा, सिक्का ब्यान्ड लाईभ म्युजिक कन्सर्ट हुने मगर संघ युकेका सांस्कृतिक सचिव तेन्याङ सरु गुरुङ रानाले जानकारी गराएकी छिन् ।

मगर संघ यूकेले सबै जातजाती, भाषाभाषीको पुलको रुपमा कार्य गर्दै ‘म्युजिक फर युनिटी’ नाराका साथ नेपाली कला र गला, नेपाली भाषा र संस्कृतिको लागि काम गरेको छ ।

सचिव रानाले भनिन्, ‘मगर संघ युकेको गर्विलो इतिहासलाई कायम राख्न १६ औं नेपाली ओपन कन्सर्ट तपाईं हाम्रो दु:ख बिसाउन, नेपाली सांगीतिक तिर्सना मिटाउन कोसिस गरेका छौं । आश एवं विश्वास छ, तपाईंहरुले यो कन्सर्टलाई आफ्नै घरको साझा कन्सर्ट सम्झी हौसलासहित साथ र सहयोग तथा माया गर्दिनुहुनेछ ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!