पुन समाज युके “पुन जाती” मा जाने निर्णय

SHARE:

पुन समाज युके “पुन जाती” मा जाने निर्णय

चिम्खोले काईला – बेलायत

आइतवार २८ अप्रिल २०२४, पुन समाज युके, पुन समाज नेपालको भात्री संगठनमा रहने तथा “पुन जाती” भएर जानेमा निर्णय भएको छ। पुन समाज युकेका संस्थापक अध्यक्ष मेजर सन्त पुन, पुर्ब अध्यक्ष एक पुन, निबर्तमान अध्यक्ष धन पुनले संयुक्त रुपमा “लिखित दस्तावेज” पेश गर्दै यसो नगर्न सल्लाह तथा सुझाब दिएपनि उक्त “पुन जाती” मानेर जाने भन्ने एजिण्डा बहुमतले निर्णय गरी पारित गरिएको छ ।

बार्षिक साधारण सभा बेलायतको मिडलसेक्स, स्टेनवेल भिलेज हलमा सम्पन्न भएको थियो।

बार्षिक साधारण सभा आपतकालीन स्थितिको बारेमा सुचना, आशनग्रहण र दिप प्रज्वलन गरेर शुरुआत गरिएको थियो। जेष्ठ नागरिक खरीलाल पुन र पुन समाज युकेका अध्यक्ष मेजर गम बहादुर बुदुजाले सयुक्त रुपमा दिप प्रज्वलन गरेका थिए।

बार्षिक साधारण सभामा पुन समाज युकेका दिबंगत सदस्यहरुको आत्माको चिर शान्तिको लागि दुइ मिनेट मौन धारण गरेका थिए।

बार्षिक साधारण सभाको पहिलो चरणमा पुन समाज युकेको वार्षिक प्रतिवेदनहरु प्रस्तुत गरेका थिए। पुन समाज युकेका महासचिब टक प्रसाद पुनले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष देउमान पुनले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।

त्यस्तै पुन समाज युके महिला विभागका अध्यक्ष रुप पुन लगायत युवा, शाखा समितिका प्रतिनिधिहरु र बिभिन्न विभागका संयोजकहरुले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।

बार्षिक साधारण सभाको दोस्रो चरणमा महासचिब टक प्रसाद पुनले बुँदागत एजिण्डाहरु प्रस्तुत गरेका थिए। महासचिवले प्रस्तुत गरेको एजिण्डामा ब्यापक छलफल गर्दै बहुमतले पारित गरेको छ।

बहुमतले पारित गरेको एजिन्दाहरु मध्ये पुन समाज युकेका आजीवन सदस्यहरुले हरेक बर्ष £१० तिरेर नविकरण गर्नु पर्ने निर्णय भएको छ भने समाजले संचालन गर्ने हरेक कार्यक्रमहरुमा खानपिनको लागि निष्कृय सदस्य तथा सदस्यता नलिएका व्यक्तिहरुले सकृय सदस्यले भन्दा केहि बढी रकम तिर्नु पर्ने निर्णय भएको छ।

त्यस्तै जुनसुकै समाज रहेता पनि पुन समाज युकेको लागि कोरोमाना अनिवार्य £१० उठाउन पर्ने निर्णय भएको छ भने सकृय सदस्यहरुले कोरोमाना तिन पटकसम्म बुझाउन असफल भएमा त्यस्ता सदस्यहरु पनि पुन समाज युकेको निष्कृय लिस्टमा पर्ने निर्णय भएको छ।

अध्यक्ष मेजर गम बहादुर बुदुजाले अध्यक्षता गरेको बार्षिक सभाको स्वागत मन्तब्य उपाध्यक्ष उमेश पुनले दिएका थिए भने सचिब कृष्ण पुनले कार्यक्रम संचालन गरेका थिए।कार्यक्रममा रुपा पुनले फेसबुक लाइभ गरेका थिए।

बार्षिक साधारण सभामा संथापक अध्यक्ष मेजर शान्त पुन, पुर्ब अध्यक्षहरु क्रमश: अति पुन, एक पुन, निबर्तमान अध्यक्ष धन पुन, मेजर सत्य बहादुर पुन क्याप्टेन राम बहादुर पुन, क्याप्टेन नर बहादुर पुन,क्याप्टेन लक्ष्मण पुन, ले. तम बहादुर पुन ले. बेल बहादुर पुन, महिला विभागका अध्यक्ष रुपा पुनलगायत धेरैको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!