इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

SHARE:

काठमाडौं ३० अप्रिल २०२४ । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।

कांग्रेसका डम्रबबहादुर खड्कालाई ५ हजार ३० मतले उछिन्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन् ।

यस्तै पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका छन् ।

यहाँ १९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!