
राजेश थापामगर – लन्डन ।
मंगल बुद्ध बिहार युकेको २८ अप्रिल आईतवार दोश्रो अधिबेशन बिहारका अध्यक्ष ईन्द्र बहादुर पुनको अध्यक्षतामा बेलायतको फार्नबोरोस्थित मगर संघ युकेको भवनमा सम्पन्न भएकोछ।
बिहारका अधिपती भिक्खु ईन्द्रशकले पानसमा बत्तीबालेर उद्घाटन भएको अधिबेशनमा आदिवासी जनजाति महासंघका युकेका संस्थापक अध्यक्ष थर्क रानालगायत उपस्थित अन्य व्यक्तिहरुले पनि शुभकामना मन्तब्य दिनु भएको थियो।
उक्त अधिबेशनमा बिहारको हालसम्म भएका कामहरुको कार्य प्रतिबेदन सचिब रिम गलामीले, बिहारको आर्थिक प्रतिवेदन कोषाध्यक्ष सरला रानाले, बिहारमा भएका सरसामन तथा चलअचल सम्पत्तिको प्रतिवेदन टेक बहादुर खपाङीले प्रस्तुत गर्नु भएको थियो भने बिहारले सन्चालन गर्दै आएको बौद्ध परियती शिक्षाका बारेमा प्रगती प्रतिबेदन उपाध्यक्ष टिका दर्लामीले र बिहारको शंसोधित बिधानमा छलफलका लागि अध्यक्ष ईन्द्र पुनले प्रस्ताब प्रस्तुत गर्नु भएको थिय। उक्त कार्यक्रमको संचलान सचिब रिम गलामीले गर्नु भएको थियो।
अधिबेशनमा अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित बौद्ध परियती शिक्षा अन्तर्गत कक्षा १ देखी ५ सम्मका परिक्षा उतिर्ण गर्ने बिद्यार्थीहरुलाई प्रमाणपत्र र पाठ्यपुस्तक बितरण गरिएको थियो।
हिमाली राना, कृष्ण दर्लामी र पूर्ण रानाको तीन सदस्य निर्वाचन समितिले १९ सदस्य बिहारको नयाँ कार्य समिती निर्वाचित गरेको छ। सर्बसम्मतद्वारा निर्वाचित कार्यसमितीको अध्यक्षमा पुन: ईन्द्र बहादुर पुन मगर, उपाध्यक्षमा टिका दर्लामी, सचिबमा जगत बहादुर आले मगर, ससचिबमा घन बहादुर पुन,कोषाध्यक्षमा टेक बहादुर खपाङी निर्वाचित हुनु भएको छ।
त्यसैगरि कार्यसमितीको सदस्यहरुमा गजबिर थापा मगर, रिम गलामी, टेक बहादुर थापा खस, बुद्धि गाहा, लोक बहादुर थापा, पूर्ण कुमार थापा,मुना देबी खपाङी, बिकी राना,लुना राना र समिक्षा राना सर्बसम्मत निर्वाचित हुनुभएको छ।
आफ्नो भबन नभएर ग्रीनफोर्ड लन्डन स्थित भाडामा सन्चानल हुँदै आएको मंगल बुद्ध बिहारको आफ्नै निजी भबन सन् २०२५ सम्ममा खरिद गर्ने प्रस्ताब उक्त अधिबेशनले पारित गरेको छ।







