हिथ्रो एयरपोर्टमा बेलायती नेपाली अभियन्ताहरुबाट राष्ट्रिय फुटबल टोलीको बिदाइ

SHARE:

लन्डन ११ मे २०२४ । बेलायती नेपाली अभियन्ताहरुबाट नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेका छन् ।

इंग्ल्यान्ड सीसँग मैत्रीपूर्ण खेल खेलेर ३० सदस्यीय टोली शुक्रबार राति नेपाल फर्कनेक्रममा नेपाली समुदायका अभियन्ताहरु सूर्य गुरुङ, कमल कोने गुरुङ, कुमार गुरुङ, दिलरास गुरुङ, विमल गुरुङ, व्यवसायी रविन्द्रजंग लामिछाने लगायत विमानस्थल पुगेका थिए ।

गत सोमबार अल्डरसट टाउन फुटबल क्लबको इबीबी रंगशालामा भएको खेलमा नेपाल इंग्ल्यान्ड सीसँग २ गोलले पराजित भएको थियो ।

टोलीलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको थियो भने गोर्खा प्यालेस रेस्टुरेन्टले लन्च तथा भेटघाट गराएको थियो । भ्रमणका क्रममा नेपाली टोलीले बेलायतका विभिन्न ठाउँको अवलोकन गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!