तमु समाज युकेको आयोजनामा २५६८औं बुद्ध जयन्ती तथा स्वस्ती शान्ति पूजा सम्पन्न

SHARE:

लन्डन १९ मे २०२४ । तमु समाज युकेले शनिबार १८ मे २०२४का दिन २५६८औं बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमाको अवसरमा स्वस्ति शान्ति पूजा कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

लन्डनको वेम्बली बरहाम पार्कस्थित तमु समाज युकेको आफ्नै समाज घरमा बुद्ध जयन्ती र शान्ति पूजा भव्यताका साथ सम्पन्न भएको हो । आमा समूहको सहयोगमा, धार्मिक तथा खाद्य सचिव हरिमान गुरुङको संयोजकत्व र अध्यक्ष शिवकुमार गुरुङको सभापतित्वमा सम्पन्न बुद्ध जयन्ती पूजा कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख गुरु RYOUKCIO बुद्धिष्ट सेन्टर फार्नबोरोका मूलगुरु ९ वर्ष छाम् अथवा गुफा बसिसकेका बुद्ध धर्मको बारेमा धेरै ज्ञान प्राप्त गरिसकेका नेपालमा सेतो गुम्बाका धर्मगुरु ड्रुब्ला लुङरिगा सङ्पो र लामा दावा नोर्बु लामा गुरुले पूजा संचालन गरेका थिए ।

सुरुमा प्रमुख अतिथि तथा प्रमुख गुरु ड्रुब्ला लुङरिगा सङ्पो र लामा दावा नोर्बु लामालाई कार्यक्रम स्थलमा स्वागत गरिएको थियो । त्यसपछि तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ, आमा समूहका अध्यक्ष उमादेवी गुरुङ, संस्थाका ज्येष्ठ नागरिक चन्द्रबहादुर गुरुङ र सल्लाहकार ई. काशीराज बोहराले संयुक्त रूपमा दीप प्रज्वलन गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।

संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष तथा सल्लाहकार शिवचन्द्र गुरुङ, सल्लाहकार तथा काउन्सिलर कमल गुरुङ, आमा समूहका पूर्वअध्यक्ष तथा सल्लाहकार माया गुरुङ, उपाध्यक्ष बिन्दु घले, युवा समूहका अध्यक्ष ओमकार गुरुङलगायत अन्य सल्लाहकारको सहभागिता थियो ।

यसैगरी, कार्यसमितिका पदाधिकारी तथा सदस्य, आमा दिदीबहिनीलगायत लन्डन वरपरका नेपाली ज्येष्ठ नागरिक र श्रद्धालु भक्तजनको कार्यक्रममा उपस्थिति थियो ।

सन् २००७ मा स्थापना भएर २०१२ मा बेलायतको च्यरिटी कमिसनमा औपचारिक रूपमा दर्ता भएको तमु समाज युकेले स्थापनाकालदेखि नै निरन्तर वैशाख पूर्णिमा तथा बुद्ध जयन्तीका अवसरमा बुद्ध जयन्ती पूजा सञ्चालन गर्दै आएको छ । विगतका वर्षझैँ यस वर्षको बुद्ध जयन्ती पूजा पनि आमा समूहको सक्रियतामा नि:शुल्क खानपिनको व्यवस्थापन गरिएको थियो। विभिन्न परिकारको खाना आमाहरू आफैँले बनाएका थिए । यसका निम्ति समूहका सबै आमा दिदीबहिनीहरू मन वचन र कर्मले कार्यक्रम सफल पार्न जुटेका थिए ।

विगतमा जस्तै यस पटकको पूजा आयोजनाका निम्ति दाताहरूले आर्थिक, भोजन, पेय पदार्थ र अन्य आवश्यक पूजा सामाग्री प्रयोजन तथा सहयोगस्वरुप उपलब्ध गराएको समाजले जनाएको छ ।

बिहान साढे १० मा सुरु भएको कार्यक्रममा प्रमुख गुरु ड्रुब्ला लुङरिगा सङ्पोले पूजापाठ र बुद्ध दर्शनबारे जनकारी गराएका थिए । कार्यक्रमको अन्त्यमा उपस्थित भक्तजनले प्रमुख अतिथि तथा प्रमुख गुरुबाट अभिषेक तथा श्रद्धेय दावा नोर्बु लामा गुरुबाट प्रसाद ग्रहण गरे । कार्यक्रम अपराह्न पाँच बजे समापन गरिएको थियो ।

तमु समाज युकेका महासचिव धरमबल गुरुङले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष शिवकुमार गुरुङले धन्यवाद मन्तव्य राखेका थिए । उनले लामा गुरु, लामा गुरुको व्यवस्थापन गर्ने RYOUKCIO बुद्धिस्ट सेन्टर फार्नबोरोका संयोजक रवीन्द्र लोसाल, चन्दादाता, भोजन तथा पेय पदार्थका प्रायोजक, आमा समूह, पूजा संयोजक हरिमान गुरुङ तथा परिवारसहित उपस्थित सबैलाई आभार व्यक्त गर्दै धन्यवाद दिए ।
शिबकुमार गुरुङबाट

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!