सुइण्डन भलिबल प्रतियोगिता सम्पन्न, को बने बिजेता ?

SHARE:


जयराम तामाङ

यहि मे १८ तारिख शनिबारको दिन सुइण्डनको बखर्स्ट कम्युनिटी पार्कमा ४ औ भलिबल प्रतियोगिता भव्यताका साथ् सम्पन्न भएको छ।

गोर्खा नेपाली समाज सुइण्डन र सुइण्डन नेपाली भलिबल क्लबको सयुक्त आयोजनामा सम्पन्न उक्त भलिबल प्रतियोगितामा गैर आवासीय नेपाली संघ युके का अध्यक्ष्य प्रेम गाहा मगर प्रमुख अतिथिको रुपमा उपस्थित थिए। पुरुष तर्फ़ १६ टिम र महिला तर्फ़ ७ टिम ले प्रतिस्पर्धा गरेको सो भलिबल खेलमा लिग सिस्टम खेल्दै फाइनल मा पुगेका थिए।

भलिबल खेलको २०० पाउण्ड पुरुषहरुको समुहलाई प्रवेश शुल्क राखिएको थियो भने १५० पाउण्ड महिलाहरुको समुहलाई प्रवेश शुल्क निर्धारण गरिएको थियो। पुरुष तर्फ़ प्रथम हुने टिमलाई १६०० पाउण्ड नगद , मेडल र प्रमाण पत्र , उपविजेता तथा रनर अप हुने टिमलाई १०५० नगद , मेडल र प्रमाण पत्रद्वारा विभिन्न सस्थाका विभिन्न पदाधिकारीहरुले सम्मान गरेका थिए ।

महिला तर्फ़ प्रथम हुने समुलालाई ९५० पाउण्ड नगद , मेडल र प्रमाण पत्र र उपविजेता तथा रनर अप हुने समुहलाई ६५० नगद , मेडल र प्रमाण द्वारा विभिन्न सस्थाका विभिन्न पदाधिकारी हरुले सम्मान गरेका थिए।

बिदेशीहरु रेफ्री भएको कारणले खेलमा कुनै किसिमको बादबिबाद तथा अप्रिय घटनाहरु नभई सौहार्दा पूर्ण बातावरणमा खेल सम्पन्न भएको थियो। पुरुष तर्फ़ फाइनल मा मोना युकेले स्याङ्जा समुहलाई २-० ले पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको थियो।

महिला तर्फ़ पनि मोना युकेले सालिजा समुहलाई लाइ २-० पराजित गर्दै शिल्ड हात पर्न सफल भएको थियो। महिला तर्फ़ मोना युकेकी झरना श्रेष्ठ बेस्ट प्लेअर घोषणा गरेको थियो भने पुरुष तर्फ़ स्याङ्जा टिमका साजन गुरुङ लाइ बेस्ट प्लेअर घोषणा गरेका थिए।

सुइण्डन भलिबल टिमका अध्यक्ष मनु पाइजा मगर , र गोर्खा नेपाली समाज सुइण्डन्ले ४ वर्ष देखि प्रत्येक साल भलिबल प्रतियोगिता गर्दै आइरहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!