मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्दबाट बेलायतवासीलाई जुन २ देखि महिनामा २ दिन प्रवचन

SHARE:

लन्डन ३१ मे २०२४ । मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्दले बेलायतवासीलाई महिनामा २ दिन प्रशिक्षण दिने भएका छन् ।

मनोक्रान्ति टीम युकेको पहलमा यही जुन २ तारिखदेखि डा. योगी विकाशानन्दले भर्चुअल जुममार्फत स्ट्रेस मेनेजमेन्टको विषयमा प्रवचन दिन लागेका हुन् ।

गुरु डा. योगी विकाशानन्दको प्रवचन बिहान ७ बजे एक घण्टाका लागि हुने मनोक्रान्ति बेलायतका प्रवर्द्धक तथा एभरेस्ट टाइम्स युकेका प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्बाङले जानकारी दिए । उनका अनुसार मनोक्रान्ति टीमले प्रत्येक आइतबार कार्यक्रम राखि दिन मनोक्रान्ति केन्द्र बराङ पोखरा कार्यालयमा अनुरोध गरेकोमा केन्द्रमा चलिरहेको गाभा मेडिटेसन कक्षा सञ्चालन भइरहेको कारण गुरुदेव अति ब्यस्त भएकोले तत्कालका लागि महिनामा दुई पटकमात्र कार्यक्रम लिन सकिने साधिका सुमारीजीले जानकारी दिएकी छिन् ।

मनोक्रान्ति टिम युकेले बेलायतलगायत संसारका जुनै स्थानबाट सहभागी बनी प्रवचनबाट लाभ सकिने जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!