बेलायतमा सक्रिय दर्जन संस्था प्रमुखको अपिल – ‘नेपाली ओपन कन्सर्टमा आइदिनुहोस्’

SHARE:


लन्डन ५ जुन २०२४ । बेलायतमा सक्रिय एक दर्जन संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले यही जुन १५ तारिखमा हुने ‘नेपाली ओपन कन्सर्ट’ मा उपस्थित हुन बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आग्रह गरेका छन् ।

आयोजक मगर संघ युकेका अध्यक्ष सिता पुर्जा पुनमगरलगायतले ‘म्युजिक फर युनिटी’ भन्ने नाराका साथ हुने नेपालीहरुकै लागि गरिएको म्युजिकल इभेन्टमा सहभागी हुन आग्रह गरेका हुन् । ‘नेपाली ओपन कन्सर्ट १५ जुनमा मेडिस्टोन केन्ट इभेन्ट सेन्टरमा हुँदैछ । आयोजक मगर संघ युके भए पनि सम्पूर्ण नेपालीहरुका लागि म्युजिक फर युनिटी भन्ने नाराका साथ नेपालीहरुकै लागि गरिएको एउटा म्युजिकल एउटा इभेन्ट हो,’ अध्यक्ष पुनमगरले भनिन्, ‘मंगोलिन हर्टका गायक राजु लामा, कलाकारहरु नेसन पुनमगर, मुना थापामगर ललिता पुनमगरजस्ता चर्चित कलाकारहरुले प्रस्तुति राख्नु हुनेछ ।’

यो कन्सर्टमात्रै नभइन नेपालीहरुको दु:ख बिसाउने ठाउँ, नेपाली भोजन लिएर दु:ख, सुख बाँड्ने ठाउँ भएकोले नेपाली स्टलहरु धेरे राखिने जनाउँदै अध्यक्ष पुनमगरले त्यहाँ नेपाली पोसाक, भाँडाकुँडा किन्न पाइने, च्यारिटी संघ संस्था पनि आबद्ध हुने भएकोले त्यसको सुविधा लिन आग्रह गरिन् । १५ जुन बिहान ११ बजे नै गेट ओपन हुने अध्यक्ष पुनमगरको भनाइ छ । तर, कार्यक्रम भने साढे ३ देखि ४ बजेभित्र सुरु हुने र राति साढे ९ देखि १० बजेसम्म म्युजिकमार्फत मनोरन्जन दिने प्रयास गर्ने भएको आइदिन अध्यक्ष पुनमगर आग्रह गरिन् ।

यस्तै मगर संघ युकेका सचिव गोमान पुनले १५ जुनमा हुन गइरहेको ऐतिहासिक नेपाली ओपन कन्सर्टमा उपस्थित हुन अनुरोध गरेका छन् । मिडिया सेक्रेटरी किशोर रानाले ओपन कन्सर्टमा स्वागत गर्न चाहेको भन्दै यस वर्षको कार्यक्रम पनि भव्य र सभ्य हुने आशा व्यक्त गरे ।

देवाचन बुद्धिस्ट सेन्टरको संस्थापक संरक्षक एवं अध्यक्ष साथै प्रमुख लामा धर्म लामा गुरुङले १५ जुनमा प्रख्यात कलाकारहरुले भव्य प्रस्तुति दिने उल्लेख गर्दै सम्पूर्ण नेपाली नेपालीकै उथ्यानका लागि सहभागी भएर सहयोग गरिदिन आग्रह गरेका छन् ।

मगर संघ युके युथका उपाध्यक्ष दिपक माइथाने मगरले कन्सर्टमा उपस्थितका लागि आग्रह गर्दै यहाँहरुको उपस्थितिले कार्यक्रम सभ्य र भव्य हुने पूर्ण आशा लिएको बताए ।

नेप्लिज नर्सिङ एसोसिएसन युकेका अध्यक्ष सुनिता गौतम थापा, क्षेत्री समाज युकेकी अध्यक्ष श्रद्धा थापा, नेप्लिज इन युकेका वीरेन्द्र नेपाल, हेल्प नेपाल युकेका अध्यक्ष सचिन श्रेष्ठ, पासा पुछ: गुठी युकेका निवर्तमान अध्यक्ष ओजेश सिंहलगायतले कन्सर्टमा सहभागी हुने आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!