
काठमाडौँ ६ जुन २०२४ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई नेपाल सरकारले फिर्ता बोलाएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बेलायत, भारत, अमेरिका सहितका मुलुका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो ।
कांग्रेस, जसपा नेपालसहितका दलको राजनीतिक कोटामा राजदूत बनेकाहरू फिर्ताको सूचीमा परेका हुन् । अघिल्लो गठबन्धनका बेलामा राजदूत बनेकाहरूलाई नयाँ गठबन्धन सरकार बनेसँगै फिर्ता बोलाएको हो ।
मन्त्रिपरिषद्ले फिर्ता बोलाएका राजदूतहरूमा भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका रहेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।






