मगर मास्टर डिग्री तथा पीएसडी ट्रष्ट फन्ड नेपाल च्याप्टरको संयोजकमा मेजर यम राना चयन

SHARE:

०७ जुन २०२४ – नेपाल। मगर संघ युकेद्वारा संचालित मगर मास्टर डिग्री तथा पीएसडी ट्रष्ट फन्ड, नेपाल च्याप्टरको संयोजकमा मेजर यम राना चयन भएका छन।

मेजर कृष्ण कुमार आलेको कार्य व्यस्तताको कारणले गर्दा राजीनाम दिएपछि मेजर यम रानालाई उक्त मगर मास्टर डिग्री तथा पीएसडी ट्रष्ट फन्ड, नेपाल च्याप्टरको संयोजकमा चयन गरिएको हो । ललितपुरस्थित रिडी लौंचमा बसेको बैठकले उक्त निर्णय पारित गरेको हो।

उक्त बैठकमा मेजर राम बहादुर पुलामी मगरले पनि कार्य व्यस्तताले गर्दा कोषाध्यक्ष पदबाट राजिनामा दिएपछि उनको स्थानमा तेज बहादुर थापा मगरलाई नियुक्ति गरिएको छ।

तर मेजर राम बहादुर पुलामी मगरले तेज बहादुर थापा मगरलाई जुलाई महिनाको अन्त्यतिर मात्र कोषाध्यक्षको कार्यभार हस्तान्तरण गर्ने निर्णय भएको छ।

बैठकमा निबर्तमान संयोजक मेजर कृष्ण कुमार आलेले नयाँ संयोजक मेजर यम रानालाई खडा लगाएर स्वागत गरेका छन भने नयाँ संयोजक मेजर यम रानाले निबर्तमान संयोजक कृष्ण कुमार आलेलाई खडा र कदरपत्रद्वारा सम्मान गरेका छन।

मेजर कृष्ण कुमार आलेको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष मेजर राम मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिब प्रतिभा पुनले कार्यक्रम संचालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!