‘नेपाली ओपन कन्सर्ट २०२४’ मा राजु लामाको सांगीतिक धमाका

SHARE:

जमुना पुन – बेलायत

मगर संघ युकेले आयोजना गरेको नेपाली ओपन कन्सर्ट २०२४ मा चर्चित गायक राजु लामाले बेलायतको केन्टस्थित केन्ट सो ग्राउण्डमा सांगीतिक धमाका प्रस्तुत गरेका छन ।

राजु लामाको सांगीतिक धमाका प्रस्तुत गर्न सिक्का ब्याण्डका सदस्यहरु देक गुरुङ, रिजन महर्जन, निशान पुन, प्रोमोद मगर र विसन महर्जनले सहयोग गरेका थिए।

नेपाली ओपन कन्सर्ट २०२४ मा नेपालबाट बेलायत आएका लोकप्रिय कलाकारहरु नेशन पुन मगर, मुना मगर, ललित पुन मगर, यज्ञ बिक, प्रेम बिबश घर्ति मगरलगायत स्थानीय कलाकारहरुले आ-आफ्नो गायन तथा कला दमदाररुपले प्रस्तुत गरेका थिए ।

मौसमले साथ नदिएको भएपनि कलाकारहरुको बेजोड प्रस्तुतिले दर्शकहरु सांगीतिक माहोलमा झुमेका थिए। राजु लामालगायत अन्य कलाकारहरु र सिक्का ब्याण्डको प्रस्तुति साउण्ड सिस्टम र लाइटिङ्ग ले गर्दा झन्डै-झन्डै गलस्टनबरी म्युजिक फेस्टिभलको झल्को आएको थियो ।

मगर संघ युकेका सांस्कृतिक सचिब सरु गुरुङ रानाको नेतृत्वमा प्रस्त्तुत उक्त सांगीतिक कार्यक्रमका होस्टहरु रुपा राना, नुनु पाइजा, दिपक माइथाने र सृजना गुरुङ कार्यक्रमको होस्ट गरेका थिए ।

मगर संघ युकेका अध्यक्ष सिता पुनको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली उपनियोग प्रमुख रोशन खनाल थिय । कार्यक्रममा बेलायतमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलगायत पत्रकारहरु धेरै नेपालीहरुको सहभागिता रहेको थियो ।

नेपाली ओपन कन्सर्ट २०२४ को प्रमुख संयोजक मगर संघ युकेका उपाध्यक्ष होम रोकाले थिए भने संस्थाका सचिब गुमान सिङ थापाले संचालन गरेका थिए ।

मगर संघ युकेका अन्य पदाधिकारी र कार्यसमितिले अध्यक्ष र प्रमुख संयोजकले दिएको आ-आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!