बेलायतबाट सलोमी गुरुङ जिताऔँ अभियानमा ८ लाख रूपैयाँ प्रदान

SHARE:


लन्डन १८ जुन २०२४ । सलोमी गुरुङ जिताऔँ अभियान समितिलाई बेलायतबाट ८ लाख रुपैयाँ प्रदान गरिएको छ ।

बेलायतमा डिलमाया गुरुङ, बिनु गुरुङ र हेलिसा गुरुङ नेतृत्वमा संकलित उक्त रकम मंगलबार पसगाउँ तमु समाजका अध्यक्ष नासु खर्कबहादुर गुरुङ, सल्लाहकार पदमान गुरुङले सलोमी गुरुङ जिताऔं समितिका संयोजक सु. नरेशकुमार गुरुङ र आर्थिक संयोजक कुलप्रसाद गुरुङलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा पसगाउँ तमु समाज घर पोखरामा क्व्होलासोंथर गाउँपालिका प्रमुख सूर्यप्रसाद गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख गमिमाया गुरुङ, पसगाउँ तमु समाज पोखरा तथा सलोमी जिताऔँ अभियान कास्की एवं कुम्लुङ रोम्ले देवी तमु समाज (लमजुङ) पोखराका पदाधिकारीसहितको उपस्थिति थियो ।

तमु धीं युकेका कोषाध्यक्ष तथा बीबीसी युके लन्डन ब्रान्चकी अध्यक्ष डिलमाया गुरुङ, तमु सांस्कृतिक मञ्चका कोषाध्यक्ष तथा वर्न्ट वर्क समाज युकेका महासचिव हेलिसा गुरुङ र तमु धीं लन्डन इकाइ आमा समूहका वरिष्ठ उपाध्यक्ष बिनु गुरुङको नेतृत्वमा रकम संकलन गरिएको हो । नेपाल आइडल-५ की फाइनालिस्ट सलोमी गुरुङलाई आइडलको ताज पहिर्‍याउने अभियान सफलताको लागि युकेमा रहेका विभिन्न संघसंस्था तथा सहयोगी व्यक्तिहरूबाट उक्त रकम संकलन गरिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!