
लन्डन २२ जुन २०२४ । पर्वत वेलफेयर सोसाइटी युकेले आगामी जुलाई ७ मा च्यारिटी डिनर कार्यक्रम गर्ने भएको छ ।
पर्वत जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ सोसाइटीले च्यारिटी डिनर कार्यक्रम गर्न लागेको हो । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
कार्यक्रम संयोजक उपाध्यक्ष सुरज पौडेल छन् । गृहजिल्लाको शैक्षिक विकासमा जुट्दै गरेको सोसाइटीले परोपकार कोष सल्लाहकार समिति समेत निर्माण गरको छ ।
कार्यक्रममा सहभागी भएर परोपकारी काममा योगदान दिन पर्वत वेलफेयर सोसाइटी युकेकी अध्यक्ष अप्सरा गुरुङले आग्रह गरेकी छन् । उनका अनुसार सहभागीले ३० पाउन्ड प्रवेश शुल्कबापत तिर्नुपर्नेछ । तर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई २० पाउन्ड र १२ वर्षभन्दा मुनिका बालबालिकाले १५ पाउन्डमात्रै तिर्न सकिनेछ ।






