लमजुङ समाज युकेले गर्‍यो डा. हर्क गुरुङ प्रतिष्ठानलाई १५ लाख सहयोग

SHARE:


काठमाडौं २२ जुन २०२२ । भूगोलविद् डा. हर्क गुरुङको नाममा स्थापना गरिएको ‘डा. हर्क गुरुङ प्रतिष्ठान नेपाल’ लमजुङ समाज युकेले १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

मर्स्याङ्दी गाउँपालिका ७, ताङ्लीचोकस्थित डा. हर्कको समाधीस्थलमा शनिबार आयोजित कार्यक्रममा लमजुङ समाज युकेका अध्यक्ष दलबहादुर गुरुङले प्रतिष्ठानका अध्यक्ष एवं डा. हर्क गुरुङका भतिज तिलबहादुर गुरुङलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रतिष्ठानले डा. हर्क गुरुङको स्मृतिमा विभिन्न संरचना निर्माणलगायत रचनात्मक कार्य गर्दै आएकाले सरकारी तथा गैरसकारी साथै देशविदेशबाट सहयोगको आवश्यक रहेको बताए ।

कार्यक्रममा तमू हृयुल छोज धीं (गुरुङ राष्ट्रिय परिषद्) केन्द्रीय सल्लाहकार गर्जबहादुर गुरुङ, उत्तरी भेग तमू समाजका अध्यक्ष मणिप्रसाद गुरुङ, भूगर्भविद् डा. हेमनाथ घिमिरे, बाघेता समाज युकेका सचिव प्रेमबहादुर गुरुङ, राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरे, जनप्रतिनिधि, गाउँस्थित मनास्लु तमू आमा समाजका पदाधिकारी–सदस्यलगायत थिए ।

ताङ्लीचोकमा भूगोलविद् डा. हर्क गुरुङको सालिकसहितका संरचनाहरु निर्माण गरिएका छन् । प्रतिष्ठानले हालसम्म प्राप्त ५ रोपनी १२ आना ३ पैसा २ दामको जग्गामा विभिन्न संरचनाहरु निर्माण गरेका छन् । कुल ६ करोड ३१ लाख ९९ हजार ७ सय ६९ रुपैयाँ २२ पैसाको ‘स्व. डा. हर्क गुरुङ स्मृति पार्क’ को विस्तृत योजना निर्माण गरेको र यसका लागि ३० रोपनी जग्गा व्यवस्थापन गर्नुपर्ने देखिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले हालसम्म करिब ६० लाख रुपैयाँ खर्च गरी पार्कको काम गरेको छ । प्राप्त रकम संरचना निर्माणलगायतमा खर्च गरिने प्रतिष्ठानका अध्यक्ष गुरुङले बताए ।

२०६३ असोज ७ गते (सेप्टेम्बर २३) मा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएका डा. हर्क गुरुङको शवलाई आफ्नै जन्मस्थलो ल्याएर अन्तिम संस्कार गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!