
लन्डन ३० जुन २०२४ । नेप्लिज नर्सिङ एसोसिएसन यूकेमा नयाँ नेतृत्व चयन भएको छ ।
साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा शनिबार सम्पन्न संस्थाको सातौं अधिवेशनले रस्मितासिंह दर्लामीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा इन्दिरा बस्याल तिवारी, महासचिव श्रीजा डंगोल, सांस्कृतिक सचिव प्रजु सापकोटा चयन भए ।
सदस्यहरुमा अन्जना खतिवडा, सुनिता बोहोरा कार्की र अल्पना अधिकारी (जीटुजी प्रोजेक्टमा नेपालबाट आएकी नर्स) लाई चुनेको छ । कोषाध्यक्ष, सहकोषाध्यक्षसहित केही सदस्यहरु आठौं कार्यसमितिको पहिलो बैठकले चयन गर्नेछ ।
एसोसिएसनकी पूर्वअध्यक्ष प्रसुना कँडेल संयोजक रहेको निर्वाचन समितिले नयां कार्यसमिति घोषणा गरेको थियो । निर्वाचन समितिमा संस्थापक अध्यक्ष अजिता सिम्खडा, पूर्वअध्यक्षहरु विनोदविकास सिम्खडा, वासु लामिछाने र सुशीला कार्की, प्रोफेसर डा. राधा अधिकारी, सुमन श्रेष्ठ, सोलिसिटर राजु थापा (कानुनी सल्लाहकार) लगायत आवद्ध थिए ।






