भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु

SHARE:

नयाँदिल्ली ६ जुलाई २०२४ । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको थियो । वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने व्यक्तिलाई चट्याङ लागेर धेरैको मृत्यु भएको अधिकारीले बताएका छन् ।

भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै आगामी २४ घण्टाका लागि सावधानीका लागि सूचना (एलो अलर्ट) जारी गरेको छ । हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!