गोर्खालीको मुद्दा समाप्त नभएसम्म बिजीडब्लूएस रहिरहने

SHARE:

०७ जुलाई २०२४ – बेलायत।  गोर्खा वेल्फर सोसाइटी (बिजीडब्लूएस) का अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपीले गोर्खालीको मुद्दा समाप्त नभएसम्म बिजीडब्लूएस रहिरहने बताएका छन।

मेजर देवानले बिजीडब्लूएस बिशेष परिस्थितमा सन् २००३ मा स्थापना भएदेखि आजसम्म गोर्खाली र उनका परिवारको हकहित र अधिकारको लागि लगातार लडाई लडिरहेने र मुद्दामा अडिक रहने बताए ।

उनले उक्त भनाइ बिजीडब्लूएसको बार्षिक भेटघाटमा व्यक्त गरेका हुन्। बिजीडब्लूएसको बार्षिक भेटघाट हिजो सनिवार बेलायतको फार्नबोरोस्थित ग्रेंज स्कुलमा सम्पन्न भएको थियो।

बिजीडब्लूएसको बार्षिक भेटघाटमा नेपालबाट बेलायत आएका लोकप्रिय गायिकाहरु दीलु सलामी मगर र रेनुका भट्टराईले आ-आफ्नो प्रस्तुती प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरंजन दिएका थिए।

बार्षिक भेटघाटमा मनोरन्जनको लागि तारा थापाले राफल ड्र र महासचीब क्षत्र राईले टम्बोला पनि संचालन गरिएको थियो। फ़ोक्स्टोन नेपाली कम्युनिटीका अध्यक्ष क्याप्टेन राम पुन लगायत समाजमा अनुकरणीय कार्य गरेका अन्य व्यक्तिहरुलाई खडा लगाएर हार्दिक बधाई, स्वागत तथा सम्मान गरेका थिए।

बार्षिक भेटघाट कार्यक्रम महासचिब क्षत्र राई र प्रबक्ता प्रकाश गुरुङले संचालन गरेका थिए।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!