रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीका महामन्त्री ढकाल पदमुक्त

SHARE:

काठमाडौँ ९ जुलाई २०२४ । रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ ।

वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले डा ढकाललाई रास्वपाको साधारण सदस्यमात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो ।

महामन्त्री ढकालका सम्बन्धमा अनुशासन आयोगको प्रतवेदनमाथि छलफल गरेपछि केन्द्रीय समितिले साधारण सदस्यमात्रै रहने गरी महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय लिएको कार्यवाहक प्रवक्ता मनीष झाले बताएका छन् । असार १९ बसेको केन्द्रीय समितिले उनलाई १ साताका लागि दुवै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

ढकालले सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । जसमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो । प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेकोलगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले महामन्त्री पदबाट निलम्बन गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!