
काठमाडौं १५ जुलाई २०२४। नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा २२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोमबार पद तथा गोपनियताको शपथग्रहण गरेसँगै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । उनको क्याबिनेटमा प्रधानमन्त्री, दुई उपप्रधानसहित २१ मन्त्री छन् । उनीहरुले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका छन् ।
कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ ।







