चारभन्ज्याङ तमु समाज युकेका अध्यक्ष बेन गुरुङको नेतृत्वमा गाउँमा युथ भिजिट

SHARE:

काठमाडौं १५ जुलाई २०२४ । पर्वत जिल्ला चारभन्ज्याङबाट देश विदेशमा रहेका युवाहरुले आफ्नो गाउँ चारभन्ज्याङ भ्रमण गर्ने भएका छन् ।

युथ भिजिट २०२४ आउँदो भदौ १४ देखि १६ गतेसम्म अर्थात् अक्टोबर ३० देखि नोभेम्बर १ तारेख तीनदिने गाउँ भ्रमण गरिने भएको हो । युवाहरुलाई आफ्नो थाकथलो, बाबुबाजेको घर, गाउँ चिनाउने वा परिचित गराउने, युवाहरुलाई आफ्नो गाउँ, गाँउलेप्रति अपनत्वको विकास गराउने, रैथाने कला संस्कृति, परम्परा मौलिक रहनसहनप्रति आकर्षित गराउने, युवाहरुबीच चिनजान र अनुभव आदानप्रदान गर्ने, गराउने उद्देश्यका साथ चारभन्ज्याङ भ्रमण लगाइने भएको छ ।

यसरी नै चारभन्ज्याङको विकास, प्रगतिका लागि युवाहरुको योगदान गर्न प्रेरित गराउने उद्देश्यसमेत रहेको चारभन्ज्याङ तमु समाज युकेका अध्यक्ष बेनकुमार गुरुङले बताए । अध्यक्ष बेनकुमारको नेतृत्वमा भिजिट कार्यक्रम खाल्टे, लामे, फलामखानी, दाद्रा हुँदै भँगराको भ्रमण गरिने भएको हो । भ्रमणको क्रममा खाल्टे, फलामखानी डाँडा, भंगरामा बसाई रहने छ ।

चारभन्ज्याङ युथ भिजिटमा युके, युरोप, हङकङ, काठमाडौं, पोखरा, रुपन्देही लगायतका चारभन्ज्याङका युवाहरुको सहभागिता रहने बताइसकेको छ । भ्रमणको चारभन्ज्याङ तमु समाज समन्वय केन्द्र, अन्तर्राष्ट्रिय समन्वय समितिलगायत समाजहरुले संयोजन र गाउँमा रहेका संघसंस्था र अगुवाहरुले व्यवस्थापनमा सघाउने छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!