
सञ्जय सिञ्जाली मगर
विगत २ वर्षअघि सञ्चालनमा आएको रामेछाप मगर होटल निरन्तर चलिरहेको छ । सानो लगानीबाट थालनी भएको रामेछाप होटलले दुई वर्षको यात्रा पूरा गरिस[clear]केको छ, अब छिट्टै ३ वर्षे यात्रा तय गर्दैछ । यो अवधिमा होटलले हजारौं नेपाली पाहुनाको न्यानो घर’को भूमिका निर्वाह गरिसकेको छ । प्राय: सबै खाले होटलको वर्गीकरण पर्यटन विभागद्वारा हुने गर्दछ । तर रामेछाप होटल सञ्चालनमा आउँदा उद्योग विभागमा दर्ता भएको थियो,’ कम्पनीका सञ्चालक प्रदीप आलेमगर बताउँछन् । पछि नेपाल होटल संघसंस्थामा आबद्ध भएको पनि उनले जानकारी दिए ।
खासगरी नेपाली समुदायको मौलिक पहिचान बोकेको परिकार पाक्ने यस होटलमा तारे होटलसरह स्वच्छ, छरितो खाना, खाजा पस्किने गर्दछ । यस होटल सानो कटेजसरह देखिए पनि भित्रि आकार भने ठूलो र विभिन्न किसिमका बिरुवाको सजावटले स्वच्छ वातावरणले आकर्षित गरिरहेकै हुन्छ, जहाँ हामीले सहज रुपमा खाना सँगै आनन्द लिन सकिन्छ । यो होटलको मुख्य विशेषता भनेको सबै वर्गले खाना सकुन् भनेर खोलिएको बताउँछन् सञ्चालक आलेमगर ।
यहाँ दैनिक जसो सयौंको हारहारीमा खानाखाजा खानेको घुइँचो हुने गर्दछ । यस होटलमा आफ्नै समय तालिका छ जसले गर्दा तालिकाअनुसार खानाखाजा पस्किरहेको हुन्छ । बिहान ८ देखि दिउँसो २ बजेसम्म खानाखाजा दुवै पस्किने गर्दछ भने २ बजेपश्चात् खाजामा जस्तै मोमो, पोर्क सेकुवा साथमा हरेक किसिमका पेय पदार्थ १० बजेसम्म ग्राहकवर्गमाझ निर्धक्कसँग सेवा प्रभाह गरिरहेकै हुन्छ ।

अर्को मुख्य विशेषता भनेको पोर्क सेकुवा हो, जसले गर्दा साँझपख धेरै मानिसहरु पोर्क सेकुवा अर्डर गर्न भिडभाड लाग्ने गर्दछन् । अन्य ठाउँभन्दा हाईजेनिक, छिटोछरितो अर्डर तयार हुने भएकोले दिनभरको थकाई मेटाउन प्राय: युवायुवतीदेखि वृद्धहरु पोर्क सेकुवाको स्वाद लिन रामेछाप होटलको प्राङ्गणमा भरिभराउ हुने गर्दछन् । यसरी सोकुवा खाँदै रमाइरहेको दृश्यले लाईनमा पालो कुरिरहेका ग्राहक वर्गमाझ स्वादको राम्रै छाप बसेको छ, जसले गर्दा रामेछाप होटलले पस्कने गुणस्तरीय स्वादमा अन्यभन्दा नौलोपन ल्याएको महसुस भने पक्कै हुन्छ ।
विक्रम संवत् २०७७ सालमा सञ्चालनमा आएको रामेछाप होटलको प्रायम लोकेशन भने ठ्याक्क महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको विपरीत उत्तर दिशामा अवस्थित छ । यस होटलको सञ्चालक भने प्रदीप आलेमगर हुन् ।






