एनआरएनएका संस्थापक अध्यक्ष डा महतो नेतृत्व टोलीको गृहमन्त्री लेखकसँग भेट

SHARE:

लन्डन १७ जुलाई २०२४ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अगुवाले नवनियुक्त गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेका छन् ।

एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको नेतृत्वमा अभियन्ताहरुले बुधबार दुवै मन्त्रीलाई भेटेका हुन् । भेटमा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, गैरआवासीय नेपालीहरुको लगानी तथा गैरआवासीय नेपाली संघको अभियानको सुदृढीकरण लगायतका विषयमा छलफल भएको भेटमा सहभागी एनआरएनए अभियन्ता रोजिना प्रधान राईले जानकारी दिइन् ।

उनका अनुसार गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको विषयमा विशेष छलफल भई तत्काल कार्यान्वयनमा लैजाने गरी कानुनी प्रावधान मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एनआरएनए टोलीले नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामनासमेत दिएका थिए । भेटमा डा बद्री केसी, रोजिना प्रधान राई, सोम सपकोटा, अर्जुन श्रेष्ठ, अतुल कोइराला, हिराधन राई, सरोज दाहाल, राजु अर्याल लगायतको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!