लन्डन १८ जुलाई २०२४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो नेतृत्वको टोलीले नवनियुक्त परराष्ट्रमन्त्री आरजु देउवा राणासँग भेट गरेको छ ।
परराष्ट्रमन्त्री डा. राणा देउवासँग बिहीबार १८ जुलाई बिहान भेट तथा समसायिक विषयमा छलफल गरिएको एनआरएनए अभियन्ता रोजिना प्रधान राईले जानकारी दिइन् । संस्थापक अध्यक्ष डा महतोको नेतृत्वमा रहेको टोलीले परराष्ट्रमन्त्री राणालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थियो ।
त्यस्तै टोलीले एनआरएनए अभियानका समसामयिक विषय राखेको र मन्त्री राणाले सहकार्य गर्ने वचन दिएको अभियन्ता राईले बताइन् । ‘परराष्ट्रमन्त्रीज्यूसमक्ष हामीले एनआरएन अभियानका समसामयिक महत्वपूर्ण विषयमा हाम्रा साझा धारणा राख्यौं । उहाँले एनआरएन अभियानसँग जो डिएर मुलुकको समृद्धि निम्ति रचनात्मक सहकार्य गर्ने वचनबद्धता व्यक्त गर्नुभयो,’ उनले भनिन् ।
उक्त टोलीले बुधबार गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेट गरेको थियो । त्यसकर०ममा गैरआवासीय नेपाली नागरिकताको विषय र एनआरएनको नेपालीमा लगानीबारे छलफल गरिएको थियो ।
यस अवसरमा डा.बद्री केसी, रोजिना प्रधान राई,सोम सपकोटा, अर्जुन श्रेष्ठ,अतुल कोइराला,हिराधन राई, सरोज दाहाल, राजु अर्याल लगायतको सहभागिता रहेको थियो ।






