Intake 1982 GGO का अध्यक्ष दिपक शेरचनको आग्रह र गुनासो

SHARE:

२० जुलाई २०२४ -बेलाय। Intake 1982 Global Gurkha organisation (GGO) का अध्यक्ष दिपक शेरचनले नम्बरीहरु, नम्बरनी बहिनिहरु र भान्जा भान्जीहरुलाई आगामी बर्षहरुमा आयोजना गरिने वार्षिक भेटघाटहरुमा सहभागी भैदिन आग्रह गरेका छन।

हामी Intake 1982 Global Gurkha organisation का नम्बरीहरु सन् 1982 सालमा ४२९ जना ब्रिटिश आर्मीमा आबद्ध भएका थियौं तर आजको यो उपस्थिति हेर्दा अलि न्यून भैयो कि जस्तो महसुस भएको छ भनेर अध्यक्ष शेरचनले आफ्नो मन्तब्यमा समाबेस गरेका छन।

हामी ३१७ जना नम्बरीहरु भाइबर ग्रुपमा आबद्ध छौं। वार्षिक भेटघाटको बारेमा नियमितरुपमा अपडेट गरिराख्दा पनि नम्बरिहरुले बर्षमा एक पटक आयोजना हुने वार्षिक भेटघाट कार्यक्रममा समय ननिकालेकोमा अध्यक्ष शेरचनले गुनासो गरेका छन। उनले जिन्दकिको भरोसा छैन। बाचुन्जेल बर्षको एक पटक भेट हुने कोशिस गरौँ भनेका छन।

उक्त आग्रह र गुनासो अध्यक्ष शेरचनले Intake 1982 Global Gurkha organisation को वार्षिक भेटघाटमा गरेका हुन्। वाषिक भेटघाट बेलायतको फेल्थाममा आज सम्पन्न भएको छ।

बार्षिक भेटघाटमा दिबंगत हुनुभएका नम्बरी सुक हिराचन र नम्बरी बहिनी फुल कुमारी दर्लामी मगरको चिर शान्तिको लागि उपस्थित सम्पूर्णले दुइ मिनेट मौनधारण गरेका छन। अध्यक्ष शेरचनले नम्बरी सुक हिराचन र नम्बरी बहिनी फुल कुमारी दर्लामी मगरको फोटोमा खडा अर्पण गरेका छन भने उपस्थित सम्पूर्ण नम्बरीहरु र नम्बरनी बहिनीहरुले मृतात्माको संझनामा दिप प्रज्ज्वलन गरेका छन।

बार्षिक भेटघाटमा रमाइलो ब्याण्डले गीत संगीत प्रस्तुत गरेको थियो भने नेपालबाट बेलायत आएका चर्चित नृत्यकार शिबराज गुरुङले आकर्षक नृत्य प्रस्तुत गरेका थिए।

त्यस्तै नम्बरिहरु ६५४०६ धनराज घले र ६५३०४ सुक गुरुङले नृत्य प्रस्तुत गरेर उपस्थित सम्पुर्णलाई मनोरंजन दिएका थिए भने अध्यक्ष दिपक शेरचनका श्रीमती मिना शेरचन र निबर्तमान अध्यक्ष लक्ष्मी घिसिङका श्रीमती ज्योति घिसिङले राफल ड्र को आयोजना गरेका थिए।

बार्षिक भेटघाट कार्यक्रमको पिए सिस्टम काङ्ग बा म्युजिक लाइबले जिम्मेवारी लिएका थिए भने खानपिन थकाली भान्छाघरले जिम्मेवारी लिएको थियो।

अध्यक्ष शेरचनको नेतृत्वमा फेल्थाम वरपरका निवासी नम्बरिहरु हरि प्रधान, तुल पुन, रन मगर, हर्क पुनलगायतले बार्षिक भेटघाटको सम्पूर्ण ब्यबस्थापन गरेका थिए। डेबिड मुखियाले सुरक्षा, मनोरंजनको ब्यबस्थापन गर्नको साथै कार्यक्रम संचालन गरेका थिए भने सुरक्षामा ५२६९ कृष्ण गुरुङ, ५४२२ छेत्र गुरुङ ५७१६ कुल मोहोरा खटिएका थिए।

उक्त बार्षिक भेटघाटमा क्यानडाबाट भुषण प्रधान र उनका श्रीमती सहभागी भएका थिए भने हंगकंगबाट बिष्णु गुरुङको सहभागिता रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!